इटहरीः संघीय सांसद तथा पूर्व कृषी राज्यमन्त्री रामकुमार चौधरीले सदनमा इटहरीमा सडक साँघुरो बनाएको बिषयमा कुरा उठाएको ४ दिनपछि इटहरी उपमहानगरपालिका सहितको संयुक्त बैंठकले जोगवनी किंमाथाक्का सडक अन्तरगत इटहरीमा सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय गरेको छ । संसाद चौधरीले फागुन १३ गते जोगबनी ,रानी ,बिराटनगर ,ईटहरी ,धरान हुँदै किमाथांका जोड्ने सडक ईटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेको प्रती सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।उक्त सडक निर्माण गर्न सरकारी मापदण्ड एउटै भएता पनि सडक बिभागका केही कर्मचारीहरुको केही मुठी भरका दलालहरु सङ्गको मिलेमतोमा ठूला महल भएको ठाउँमा एउटा मापदण्ड र गरीबका झुपडीमा एउटा मापदण्ड बनाइ सडक बनाई रहेको सांसद चौधरीले सदनमा उठाएकी थिइन । मापदण्ड बमोजिम काम गराउनु पर्ने भन्दै ईटहरीका नागरीक समाज र युवाहरुले संघर्ष समिति बनाएर संघर्ष गरीरहेको प्रति आफ्नो समर्थन रहेको र सरकाले तुरुन्त मापदण्ड बमोजिम बनाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएकी थिइन् । त्यस ठिक ४ दिनपछि सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय भएको हो ।
विराटनगर इटहरी धरान सडक योजनाअन्तर्गत कोशी राजमार्गको घोषित सीमा कायम गर्ने विषयमा सुक्रबार इटहरी उपमहानगरपालिकामा छलफल गर्न बसेको संयुक्त बैंठकले सो निर्णय गरेको हो । बैंठकमा इटहरी उपमहानगरपालिका, सडक आयोजना कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी निकायका प्रमुखहरुको सहभागीता रहेको थियो । यसअघि इटहरी सरकार प्रमुख द्धारिकलाल चौधरी सहितको बैंठकले इटहरीका केही सिमित व्यवसायीहरुको प्रभावमा परेर इटहरी बजार क्षेत्रमा सडक साँघुरो पार्ने निर्णय नै गराएका थिए । जसमा इटहरी सरकार प्रमुख चा्रैधरी, वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र भट्टराई ,वडा नम्बर ६ का वडा अध्यक्ष दीपक गौतम , वडा नम्बर ९ का वडा अध्यक्ष भूपेन्द्र बराल लगायतको हस्ताक्षर गरिएको थियो । सोही निर्णयको आधारमा सडक आयोजनाले इटहरी बजार क्षेत्रमा तोके बमोजिम आफ्नो क्षेत्राअधिकार प्रयोग गर्न पाएको थिएन ।
सुक्रबार आफैले गरेको निर्णय उल्टाउदै इटहरी उपमहानगरपालिका प्रमुख चौधरी, वडा अध्यक्षद्धय भट्टराई, गौतम लगायतको सहभागीतामा बसेको संयुक्त बैंठकले सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय गरेको हो ।
बैठकमा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मासहित दिपक गौतम, भुपेन्द्र बराल, चन्द्रप्रसाद भट्टराईको उपस्थिती थियो । बैठकले आफ्नो घर टहरा भत्काउन अन्तीम पटक १५ दिने म्याद दिइ सार्वजनिक सुचना जारी गर्ने निर्णय गरेको छ ।
उक्त सुचनामा तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका संस्थाले हटाउने व्यहोरा उल्लेख गरिने जनाइएको छ । सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सुचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको हो । यो निर्णयसंगै अब सडक विस्तार संगै दायाँ बायाँ थप संरचना भत्कने भएका छन् । निर्णय आउन साथ इटहरी चौंक आसपास जहाँ पावर र पैसा खर्च गरेर सडक साँघुरो बनाउन भूमिका खेल्ने घरधनी व्यपारीहरुको ओठ तालु सुकेको छ ।
सडक मापदण्डअनुसार खाली गराउने र नगराउने विषयमा स्थानीय युवा नेता मदन चूडाल लगायतका युवा समूहहरुले निरन्तर संघर्ष गर्दै आएका थिए । उनिहरुको समूहले इटहरी सरकार प्रमुख चौधरी र प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री शेरधन राई लगायतलाई भेटेरै सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । राजमार्गमा पर्ने घरका घरधनीहरु तथा उद्योगी व्यवशायीहरु सडक विस्तार गर्न नहुने पक्षमा थिए । सोहीअनुसार सडक आयोजना कार्यालयलेसमेत सडक खुम्च्याएर विस्तार गरेको थियो । सबै तिर सडकको चौडा एकै हुनु पर्ने माग राख्दै संघर्ष गरिरहेका युवा नेताहरुका संयोजक(लिडर) नेकपाका नेता मदन चुडालले चारै तर्फको दवाव र संघर्षका कारण ढिलै भएपनि इटहरी सरकार सहितको संयुक्त बैठ्कले गरेको निर्णयले बिकास र संमृद्धिका लागि सबै एक हुनु पर्छ भन्ने सन्देश दिएको प्रतिक्रिया दिएका छन् । तामिलनाडुमा रहेका नेता चुडालले फेसबुक च्याट मार्फत सो कुरा बताएका हुन् । उनले सडकको केन्द्रभागबाट २५- २५ मिटर चौडा बनाउने निर्णय गरेको प्रति इटहरी सरकार र राजनीतिक पार्टी र नागरिक समाज लाइ धन्यवाद दिएका छन् ।संघर्ष समितिका अभियानकर्मी सुनिल कार्कीले ढिलै भएपनि इटहरी सरकारले गरेको निर्णय स्वागतयोग्य कार्य गरेको बताए । दीर्धकालिन सोच राखेर यस्ता निर्णय हुने राम्रो कार्य भएको उनको भनाई छ ।