इटहरीको मुख्यचौंक उत्तर(तरहरा) तर्फ जाने सडक केन्द्र भागबाट २५–२५ मिटर दाँया बाँया चौडा गर्ने योजना भएपनि सडकको जग्गा मिचेर बर्षौबाट महंगो भाडा असुलिरहेका घरधनी र व्यपारीहरुको चक्रव्यूमा परेर स्थानीय सरकारका रुपमा रहेको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी सहितको ०७५ बैशाख ११ गते बसेको सर्वपक्षिय बैंठकले सडक साँघुरो बनाउने निर्णय सहित सडक आयोजना कार्यालय इटहरीलाई पत्रचार गरेको बिषय प्रमाणसहित बाहिर आएपछि इटहरीको विकास चाहाने र रानी विराटनगर किंमाथांका राष्ट्रिय गौरवको योजनालाई सफल बनाउनु पर्छ भन्ने धारणा बोकेका सचेत युवाहरुको एक समूहले संघर्ष समिति नै गठन गर्यो । सडक केन्द्र भागबाट २५–२५ मिटर दाँया बाँया चौडा कायम गर्न निरन्तर दवाव दिनका लागि नेकपाका जिल्ला तहका युवा नेता मदन चूडालको संयोजकत्वमा एक संघर्ष समिति गठन भयो । जसमा २ सय ५१ जना सचेत युवाहरु आवद्ध भए । जसले निरन्तर खबरदारी गरिरह्यो । फलस्वरुप प्रतिनिधि सभामार्फत संघीय सरकारको ध्यानकर्षण सम्म गराउने कार्य भयो । सबै तिर दवाव र खबरदारीपछि अन्ततःइटहरी सरकार सहितको सरोकारवालाहरुको सुक्रवार भएको संयुक्त बैंठकले सडक केन्द्र भागबाट २५–२५ मिटर दाँया बाँया चौडा कायम गर्ने निर्णय गर्यो र संरचना भत्काउन १५ दिने सूचना नै जारी गर्यो । यो अवस्था सृजना गराउन संघर्ष समितिले ठूलो काम गर्यो । जसको नेतृत्व चूडालले गरे । संघर्ष, सफलता र आगामी दिनमा गरिने युवाहरुको भूमिकाका बिषयमा केन्द्रित रहेर संघर्ष समितिका संयोजक चुडालसंग प्रदेश पोर्टल डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः–
इटहरीको सडक साँघुरो बनाएको बिषयमा तपाईको नेतृत्वमा बनेको संघर्ष समितिको दवाव मुलक आन्दोलनले सार्थकता पायो नी ? के छ तपाईको भनाई ?
राष्ट्रिय गौरब आयोजना मा स्वभाविक रुपमा अघि बढ्ने आयोजना हो ,तर नेपालमा बिचित्र नै हुने गर्दछ । तर सुक्रबार भएको निर्णयमा इटहरी सरकारको पहल र आयोजना प्रमुखको इच्छा शक्ति र इटहरीबासिको दबाब र पहलमा पहिलो स्टेप पुरा भएको छ । यसका लागि यो निर्णयको स्वागत गर्दछु ।
सडक साँघुरो बनाएको बिषयमा संघर्ष समिति नै बनाउनु पर्ने अवस्था चाँही कसरी आयो नी ?
. यो आयोजना एउटै मापदण्डको हुने हो,तर पहुँचवाला र राजनीतिक पार्टी नेताहरुले भोटको राजनीति गरेको कारणले यस आयोजनालाइ लथालिङ्ग बनाएपछि र इटहरीमा एरिया भित्र शुरु भएको दिन देखि हामीले मिडिया मार्फत आफ््नो मत राख्ने काम भो तर सुनवाइ भएन् । बाटो निर्माण गडबडी हुदै गयो । त्यसपछी नागरिक समाजको पहलमा भएको छलफलले इटहरी बासिमा झन भ्रम पैदा गरो । हामी इटहरीबासीले त्यसलाइ विश्वास गर्न सकेनौ र सबैको छलफलबाट अब सघर्षमा जानुपर्छ हाम्रो लागि होइन् भाबी इटहरीको भबिस्यको लागी भनेर मेरो नेतुतवमा २५१ जनाको समिति बनेको हो ।
संघर्ष समिति बनाएर आन्दोलन गर्दा राजनितिक रुपमा कहि स्पेश नपाएका युवाहरुले यो बिषय उठाएर चर्चा बटुल्ने काम गरेका मात्र हुन् भन्ने आरोप लगाउनेलाई के भन्नु हुन्छ ?
हरेक कुराको सकारात्मक र नकारात्मक पाटो नै हुन्छ, यस्ता नकारात्मक आबज बुलन्द भइरहेको नै हुने गर्दछ । तर आजको युबाहरुले सकारात्मक पाटो लिएर अघि बढ्नु पर्छ । हामीले त्यही गरेउ । यसमा कसले के भनो भनेर आफ्नो योजनाबाट बिचलित भएनौ हामी । बजारमा अलि अलि हल्ला सुने त्यसलाइ हामीले चुनौती र अवसरको रुपमा प्रयोग गरेउ । त्यसकारण उहाँ मित्रहरुलाइ विशेष धन्यवाद दिन चाहन्छु ।
संघर्ष गर्दा के कस्ता दववा प्रभावहरु आए र कसरी त्यसलाई फेस गर्नुभयो नी ?
हामीले उठाएको बिषय सहि थियो र फेस गर्न सजिलो नै भयो । म एउटा युवा लिडर भएको हिसाबले कठिन त थियो तर सँगसगै इटहरीबासी भएकोले सहज पनि भयो । हामी संघर्ष समिति सबै खालका क्षमता र क्रियाशिल साथीहरुको सहभागिता भएकोले पनि हामीलाइ सजिलो भयो । हामीले भोटको राजनीतिलाइ विकास र समृद्धिको लागि घेरा तोड्ने हिम्मत गरेउ ।
संघर्ष समितिले कहाँ को को संग गएर आफ््ना कुरा राख्यो ?
यो संघर्षमा इटहरी सरकार त्यसमा पनि उपमेयर लक्ष्मि गौतम को साथ रह्यो । केन्द्रमा पूर्व कृषि राज्य मन्त्रि तथा माननिय रामकुमारी चौधरीले प्रतिनिधि सभामा बिषय टेबुल गरेपछि यो निर्णयमा पुग्यो , सबैलाइ बिशेष धन्यवाद दिन्छु ।
सदनमा सांसद रामकुमारी चौधरीले संघीय सरकारको ध्यानकर्षण गराएको ४ दिनमा यस्तो निर्णय आउनुलाई के भन्नु हुन्छ ?
यो निर्णयले दिर्घकालिन प्रभाव पार्छ,सरकार भएको अनुभूति हुन्छ अबको दिनमा, नत्र व्यथिती बढेको थियो । इटहरीको सुन्दरतामा नयाँ मुहार फेरिन्छ । बजार भित्रि चोकहरुमा बढ्ने छ । सबै तिर इटहरीबासी बिकास सम्वृद्धिको पक्षमा छन् भन्ने सन्देश जान्छ ।
तपाईको विचारमा इटहरीको विकासका लागि कुन कुन तत्व बाधक हो भन्ने लाग्छ ?
इटहरीमा को को बाधक भन्ने कुरा सबै छलङ नै भाको छ । इटहरीबासीले मज्जाले बुज्नुभाको छ मैंले भनिरहनु पर्दैन । उहाँहरुलाइ पनि बधाई दिन चाहन्छु यो बिकास सम्वृद्धि पनि तपाईले भोग्ने हो । संसारको लागि यस्तोमा हामी सहज बन्नु पर्छ है । हामिले दिने राष्ट्र र जनतालाइ नै हो ।
अब संघर्ष समिति कायम रहन्छ की भंग हुन्छ त ?
हाम्रो दबाब को पहिलो स्टेप पुरा भयो, यसकारण एजेण्डामा बनेको सघर्ष समिति सरकारले पहलकदमी लिएपछि यो स्वभाविक रुपमा नै भङ्ग हुने कुरा हो ।
सडक साँघुरो बनाएको बिषयमा अरु नेताहरु मौन बसे नी , तपाईहरुको समूहले चाँही यो बिषय उठाउनु नै पर्ने खास के थियो ?
यो देशमा जन्मेका हरेक व्यक्ति महान हुन, प्रभावकारी हुन, इमान्दार हुन,र सबै समान छन् ,मेरो बुझाइमा । अरुले किन उठाएनन् म त्यो कुरा मा जाँदिन । तर हाम्रो टिमले यो कुरा अहिले नउठाए हामी इटहरीबासी हौ भन्न गाह्रो हुन्छ भनेर हामीले सचेता पूर्वक उठाएको हो । इटहरीको भबिस्यको लागि । यसमा सबै को योगदान छ सबैमा धन्यवाद ज्ञापन गर्छु म ।
अबको दिनमा तपाइहरु जस्ता युवाहरुको विकास र संमृद्धिका लागि के कस्तो भूमिका रहन्छ त ?
सघर्ष समिति बने पछि सरकारका तीनै अङ र बिभिन्न ब्यक्ति, संस्था,कानुनी सल्लाहाकार,बारबार आयोजना कार्यलयमा डेलिगेसन, धर्ना, मुख्य मन्त्रीज्यु को डेलिगेसन, संघको मन्त्री र माननिय र पार्टी नेता ,बाटोमा घर भएकाहरुसँग बारम्बार छलफल गरियो । अब निर्णय कार्यन्वयनका लागि पनि तीनै निकाय र व्यक्तिहरुसंग व्यापक छलफल गर्ने छौं । कार्यन्वयनका लागि आवश्यक दवाव दिईरहने छौ र खबरदारी पनि रहने छ ।
पहिला सडक साँघुरो बनाउनका लागि संयुक्त निर्णय गर्नेहरु नै पुनः बैंठक बसेर २५ –२५ मिटर नै कायम गर्ने निर्णय गराए नी यसमा तपाईको प्रतिक्रिया के छ ?
कमि कम्जोरी हामीले नै गर्ने हो,तर जसले करेक्सन गर्ने हिम्मत राख्छ त्यही महान हो । यो निर्णयले त्यही कुरालाई प्रमाणित गर्यो । पछिल्लो निर्णयमा सहभागी सबै पक्ष विशेष धन्यवादका पात्रहरु हुनुहुन्छ ।
यसअघि इटहरी सरकारको अग्रसरतामा भएका यस्तै खालका निर्णयहरु कार्यन्वयन भएका छैनन् । सोही कारण सुक्रबार भएको निर्णय पनि कार्यन्वयन नहुनेमा बजार शंकाहरु पैदा भएका छन् नी ?
तपाइले बिषय ठिक उठाउनु भयो । यस्तो भाको छ, तर हामीलाइ अवको दिनमा इटहरी सरकार आफ्नो निर्णयबाट पछि हटदैन भन्ने पूर्ण विश्वास छ । हामीले पनि सरकारलाइ बिश्वास गर्ने बानी बसाल्नुपर्छ । हामीले साथ दिनुपर्छ, यो हाम्रै ठाउँ हो । हाम्रो राम्रो कामको लागि सकारात्मक सहयोग रहन्छ र गलत कुरामा खबरदारी हुन्छ ।