इटहरीः मोरगंको सुन्दरहरैंचामा रहेको जनता माध्यामिक विद्यालयमा ०५५ र ०५६ सालमा एसएलसी परिक्षामा सहभागी भएका भूतपूर्व विद्यार्थीहरुको प्रारम्भिक भेला गोकर्ण रिर्सोटमा शनिवार सम्पन्न भएको छ । सो विद्यालयबाट माध्यामिक तहसम्मको शिक्षा आर्जन गरि हाल बिभिन्न क्षेत्र पेशामा सेवारत पूर्व विद्यार्थीहरुकै पहलमा २० बर्षपछि पूर्व विद्यार्थीहरु एकै स्थानमा भेला भएका हुन् ।
पहिलो ऐतिहासिक रुपमा लिइएको भेलामा २७ जना भन्दाबढी विद्यार्थीहरु सहभागी भएका थिए । भेलाले ०५५ र ०५६ सालमा एसएलसी दिने सबै विद्यार्थीहरुलाई समेट्नका लागि आगामी चैत्र १ गते शनिवार बृहत्त पूर्व विद्यार्थीहरुको भेला गराइने निर्णय गरिएको संयोजक सरिता(सुमिता) दाहाल अधिकारीले बताइन् । शनिवारको गोकर्णको भेलाले विद्यालय जीवनलाई याद दिलाउनुका साथै स्कुलले साथीहरुसंग २० बर्षपछि पुनःभेटघाट र परिचय नविकरण भएको अधिकारीले बताइन् । भेलाले आफु अध्ययन गरेको विद्यालय र सामाजिक क्षेत्रमा केही योगदान गर्नका लागि उर्जा प्रदान गरेको पेशाले पर्यटन व्यवसायी सुमिताको भनाई छ ।
सामान्य सूचना आदनप्रदानमै यतिधेरै साथीहरु भेला भएर स्कुल जीवन देखि लिएर हाल आफुहरु संलग्न पेशा र सेवाका बारेमा जानकारी पाउनाले भेला नसोचे हिसाबले फलदायी भएको इन्जिनियर तथा ०५५ सालमा एसएलसी दिने सुरेश श्रेष्ठले बताए । उनले अबको भेलाले बृहत्त रुप लिने र महत्वपूर्ण योजनाहरु समेत अघि सर्ने बताए ।
पेशाले फार्मेसी संचालक राजन खवासले भेलाबाट बिर्सिसकेका कतिपय स्कुलले साथीहरुसंग पुनः भेट भएर सम्बन्ध थप प्रगाढ भएको बताए । रानी, विराटनगर इटहरी धरान सडक आयोजना कार्यालय इटहरीमा कार्यरत इन्जिनियर तथा ०५६ सालको एसएलसीमा सहभागी जनता माविका पूर्व विद्यार्थी दामोदर भट्टराईले भेलाले शैक्षिक उद्ययन र समाजिक कार्यका लागि आफु लगायत सबै विद्यार्थीहरुलाई उत्प्रेरणा जगाएको बताए । सोही सालमा एसएलसी दिएका स्वास्थ्य सेवामा कार्यरत ज्ञाननाथ भट्टराईले भेलाबाट संगै पढ्का विद्यार्थी छदादेखिका साथीहरु को के अवस्था कहाँ कहाँ छन् भन्ने कुराको जानकारी प्राप्त भएको बताए ।
अमेरिकाको डिभी परेर त्यसतर्फ जाने तयारी गरिरहेका प्रेम गुरागाईले आफु अमेरिका गएपनि मन सुन्दरहरैंचा र जनता माविमा अध्ययन गर्ने विद्यार्थी साथीहरुसंगै हुने भएकाले जनता माविको शैक्षिक विकास र समाजिक कार्यका लागि विद्यार्थी साथीहरुले थालेको अभियानमा अमेरिकाबाटै भएपनि सक्दो सहयोष्ग गर्ने बचन दिए । चैत्र १ गतेको भेलाले जनता मावि अध्ययन गर्ने पूर्व विद्यार्थीहरुको एउटा दरिलो संगठन निर्माण गर्ने र संगठनबाटै आवश्यक बार्षिक कार्यक्रम तर्जुमा गर्ने योजना रहेको चैत्र १ गते भेला आयोजना गर्ने समितिकी सदस्य उर्मिला तिम्सिनाले बताइन् । भेलाबाट बन्ने संगठनले विधिवत रुपमा दर्ताका लागि आवश्यक पर्ने विद्यान निर्माण समिति बनाउने छ । साथै एउटा कोषको स्थापना गरि आर्थिक सहयोग संकलनको कार्यपनि गरिने तिम्सिनाले बताइन् । कोषमा जम्मा भएको रकमको बार्षिक ब्याजबाट जनता माविमा हाल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रावृति तथा शैक्षिक सामाग्री वितरण लगायतका कार्य गर्ने जस्ता योजनाहरु बनाउने तयारीमा रहेको उनले बताइन् । चैत्र १ गतेको भेलाबाट सबै साथीहरुको सुझाव, भिजन र कार्यक्रमले थप योजनाहरु व्यवस्थित तरिकाले सार्वजनिक गरिने पेशाले शिक्षक लेखराज श्रेष्ठले बताए ।
बैंकर्स गायत्री ढकालले पहिलो चरणको भेलाले समाजिक संजाल फेसबुक मार्फत छुटेका साथीहरुलाई एकै स्थानमा ल्याउने कार्य गरिसकेको बताए । चैत्र १ गते कुन स्थानमा कति बजेको समयमा भेला हुने भन्ने बारे गु्रपमै सूचान जारी गर्ने उनले बताए । उनले चैत्र १ गतेको भेलामा सबैलाई सहभागी हुन आग्रह पनि गरेका छन् । उनले ०५४ सालमा एसएसली दिने व्याचमा अग्रज विद्यार्थीहरुबाट पनि सहभागीताका लागि आग्रह भएकाले वहाँहरुलाई पनि समेट्का लागि आवश्यक छलफल सुरु गरिएको बताए ।