धरानः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउनको लागि १ नम्बर प्रदेशमा ‘पुष्पलाल मित्रता केन्द्र’ गठन भएको छ ।
सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापाको दमक निवासी हुन् । त्यसैगरि उपाध्यक्ष वुढाथोकी इटहरी र सचिव सुनुवार धरानका हुन् । नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेश भरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ । जिफण्टबाट मनोहरी सिवाकोटीलाई सदस्यमा चयन गरिएको छ । केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाद्वारा गठित केन्द्रको सदस्यहरुमा भोजपुरबाट केवल राई र मेरीना राई, तेह्रथुमबाट विष्णुविक्रम सुव्वा, गणेश सेन, गोपाल दाहाल र सोम गौतम, ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल, इलामबाट ध्रुव श्रेष्ठ, हिमाल किराती र मुना शर्मा, पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ, मोरङबाट वालेश्वर कामत, नारायण भण्डारी र वद्री अर्याल, उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ, केन्द्र राउत, गिता खड्का र झापाबाट इन्द्र वुढाथोकी, पुष्पराज पोख्रेल लगायत छन् । अन्यलाई पुनः केन्द्रको वैठकले मनोनित गर्ने जनाइएको छ । कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई राष्ट्र, समाज र जनताले सबैले सम्मान गर्दै श्रेष्ठको मागदर्शनमा सदैव अघि वढ्नु पर्ने नव गठित पुष्पलाल मित्रता केन्द्रका १ नम्बर प्रदेश सचिव मोतीराज सुनुवारले वताए । उनले भने, ‘पारदर्शी, सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न, नागरिक अधिकारहरुको प्रवद्र्धन र रक्षा गर्दै सम्रग राष्ट्रको हितमा केन्द्र अघि वढ्नेछ ।’
१ नम्बर प्रदेश कमिटी गठन पश्चात अव केन्द्रको सांगठनिक संरचना अनुसार जिल्ला, महानगर, उपमहानगर, नगर, हरेक स्थानीय तहमा पुष्पलाल मित्रता केन्द्र गठन गरेर जाने पनि सचिव सुनुवारले वताए । कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिष्ट संस्थापनक नेता पुष्पलाल श्रेष्ठलाई सम्मान गर्दै देशमा नागरिक आन्दोलन सहित विकाश र सम्वृद्धि आवश्यक भएकाले सामाजिक जागरणको अभियान सहित राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले केन्द्र अघि वढेको वताए । उनले भने, ‘पुष्पलाल मित्रता केन्द्र हाम्रा गौरवमय विगतका असल चिन्तनधाराहरुको पुनर्जागरण गर्न र सुन्दर भविष्यको सपनाको प्रगतिशील सम्वाहकको रुपमा सहकार्यका हातहरु अगाडि वढाउन स्थापित मुनाफा रहित, जनहीतकारी सामाजिक संस्था हो ।’ केन्द्र २०७७ साल चैत १७ गते स्थापना भएको हो । खतिवडाले राजनीतिक व्यतिmहरुको सामाजिक संस्था हो तर राजनीतिक पाटीको झण्डा नवोक्ने तर राजनीतिलाई सहयोग गर्ने वताए । कार्यक्रममा संविधानसभा सदस्य रेवती भण्डारी, जयन्ती राईले कार्य सफलताको शुभकामना व्यक्त गरेको थिए । केन्द्रको अहिले देशव्यापी रुपमा कमिटी गठन तीव्र रुपमा भइरहेको छ ।