बिराटनगरः ब्लड क्यान्सरबाट पिडित बिराटनगरका पत्रकार कमल पौडेलको उपचारका लागी सुनसरीको ईटहरीमा रहेको पाथिभरा एडभरटाईजिङ र जब लिंकले २५ हजार सहयोग गरेको छ ।
बिराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनमा कार्यकारी सम्पादकको रुपमा कार्यरत पौडेलको उपचारका लागि टेलिभिजनको कार्यलयमै पुगेर पाथिभरा एडभरटाईजिङ र पाथिभरा जब लिंकका कार्यकारी प्रमुख पवन अधिकारीले २५ हजारको ५ सय ५५ रुपैया सहयोग गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका,मकालु टेलिजिभनका प्रमुख कार्यकारी अधिकृत दिबस सुवेदी एवम पाथिभरा एडभरटाइजिंग प्रालिका कार्यकारी प्रमुख अधिकारी ले मन्तब्य राखेका थिए ।
उनिहरुले पौडेलको उपचारका लागि अझै रकम अपुग भएका कारण ईच्छुक दाताहरुलाई रकम प्रदान गर्न समेत आब्हान गरे । पौडेलको काठमाण्डौमा रहेको सिभील हस्पिटलमा उपचार भईरहेको छ । उनको उपचार कोषमा २५ लाख रुपैया संकलन भईसकेको छ भने अझै १५ लाख बढी रकम अपुग रहेको कार्यक्रममा परिवारजनले बताएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पे्रस युनियन सुनसरीका पुर्ब अध्यक्ष गणेश निरौला,महासंघका सहसचिब धु्रब ढकाल एवम बिभिन्न सञ्चारगृहमा क्रियासिल सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।
पौडेलको उपचारका लागी देश तथा बिदेशबाट दाताहरु र बिभिन्न जिल्लामा पत्रकारहरुले समेत रकम संकलन अभियान सञ्चालन गरिरहेका छन ।