इटहरीः ४० दिन भागेपछि बलात्कार अभियोग लागेका सिद्धबाबाले आज आत्मसमर्पण गरेका छन ।

गत माघ ९ गने उच्च अदालतले बलात्कार आरोपमा पर्पक्षमा धुनेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

आदेश दिएकै दिन आफ्ना अनुयायीलाइ छाडेर भारत भागेका सिद्धबाबा भनेर परिचित कृष्णदाश गिरीले आज सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन ।

आज बिहान अदालतमा उपस्थित सिद्धबाबालाइ पक्राउ गरेर झुम्कामा रहेको क्षेत्रिय  काराजार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

आफ्नै अनुयायीलाइ बलात्कार गरेको मुद्धा खेपिरहेका सिद्धबाबालाइ सुनसरी अदालतले गत मंसिर १६ गते तीन लाख घरौटीमा छाड्न आदेश दिएको थियो ।