धरानः समाजमा सबैभन्दा पछाडि पारिएका दलित महिलाहरुको सीप तथा आयआर्जनमा विकास गर्ने उद्देश्यले उपेक्षित उत्थान सरोकार केन्द्र धरानले फागुन १६ देखि सञ्चालन गरेको दलित महिलाहरुलाई क्रिष्टल माला बनाउने तालिम सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिका ८ नं। वडा कार्यालयको आर्थिक सहयोगमा ५ दिन सम्म सञ्चालन भएको उक्त तालिम फागुन २० गते धरान ८ साम्पाङचौकमा तालिमको समापन गरिएको तालिम संयोजक खिलानाथ विश्वकर्माले जानकारी दिए ।
धरान ८ का २६ जना दलित महिलाहरुले उक्त तालिममा सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई दलित विकास समितिका संयोजक किशोर परियार, ८ नम्बर वडा समितिका सदस्य रामबहादुर थापा मगर, वडा सदस्य सावित्रा परियार, प्रमुख महिला विकास अधिकृत प्रज्ञादेवी निरौला, दलित विकास समितिका सदस्य सचिव तारा लामगादे लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

20200303_171212


रञ्जना तुलाधरले सहजीकरण गरेको उक्त तालिममा क्रिष्टलबाट टप, औठी, चुरा, साडीपिन, चिम्टी, हेडवेण्ड, हार, पोते, हेयर पिन लगायतका सजावटका सामग्री बनाउन सिकेका छन् । उनीहरुले बनाएका सामग्रीहरु बजार ब्यवस्थापन गरिदिने र त्यसबाट उत्पादन गरेका महिलाहरुले आय आर्जन गर्न सहज हुने वडा सदस्य सावित्रा परियारले बताईन् । त्यसैगरी दलितहरु देशैभर आफ्ना पछाडी परेको अवस्थामा सुधार ल्याउन विभिन्न कार्यक्रम गर्नुपर्ने वडा सदस्य रामबहादुर थापा मगरले जोड दिए ।
महिलाहरुलाई समाजले अझै पनि राम्रो रुपमा हेर्न नसकेको भन्दै प्रमुख महिला विकास अधिकृत प्रज्ञादेवी निरौलाले आर्थिक रुपमा सशक्त बन्न सीप सिक्नु र त्यसलाई व्यवहारमा प्रयोग गर्न जोड दिएकी छन् । कार्यक्रममा उपेक्षित उत्थान सरोकार केन्द्र धरानका संरक्षक लालबहादुर विश्वकर्माले वडाको ९० हजार बजेटबाट ५ दिनसम्म दलित महिलाहरुलाई तालिम दिएर सीप तथा आयआर्जनमा लाग्न उत्प्रेरित गरेको बताए । कार्यक्रमबाट महिलाहरुमा आत्मनिर्भर बढाउनुका साथै घरैमा बसेर पनि आम्दानी गर्न सकिने अवस्था सृजना भएको सरोकार केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माले बताइन् ।
कार्यक्रममा संस्थालाई विभिन्न प्रकारका सहयोग पु¥याएको भन्दै दलित विकास समितिका सदस्य सचिव तारा लामगादेलाई सम्मान गरिएको थियो भने तालिम प्रशिक्षक रञ्जना तुलाधर र तालिम संयोजक खिलानाथ विश्वकर्मालाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले तालिममा सिकेको सीपलाई सम्झिने, प्रयोग गर्ने र हस्तान्तरण गर्नुपर्ने बताए ।
तालिमबाट आफुहरुमा घरैमा बसीबसी पनि आयआर्जन गर्न सक्ने अवसर प्राप्त गरेको सहभागी प्रशिक्षार्थी हिमा दासले बताइन् । त्यसैगरी सहभागि खुस्बु मरिक, रञ्जना दास र बुद्धमाया विश्वकर्माले तालिम अत्यन्त उपयोगी भएको बताए । तालिम प्रदान गरेर गृहणी महिलाहरुलाई राम्रो अवसर प्रदान गरेको परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दासले बताए । उनले सहभागीहरुलाई शुभकामना दिदै आगमी दिनमा अझ लामो समयको एडभान्स तालिमको आयोजना गर्न संस्थालाई समेत शुभकामना दिए ।

20200303_155509