भोजपुर: भोजपुर बहुमुखी क्याम्पसको पठनपाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी यूनियनले पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गर्दै बिद्यार्थीको वार्षिक परीक्षा नजिकिदैं गएको भन्दै पठनपाठन सुचारु गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेको छ ।
सभापति प्रकाश सिहं राई द्धारा हस्ताक्षर गरिएको विज्ञप्ती उल्लेख गर्दै, स्ववियूले ७२ घण्टा भित्र क्याम्पसको समस्या समाधान गरि विद्यार्थीलाई पढ्ने वातावरण बनाईदिन सरोकारवाला पक्ष समक्ष माग राखेको छ । यदि वेवास्ता गरिएमा आन्दोलनमा जाने समेत विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।
त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटिले पनि क्याम्पसमा भएका सम्पर्ण क्रिायाकलाप बन्द गर्दै बिद्यार्थीको भविष्यमाथि खेलबाड नगरी पठनपाठन गराउन भन्दै क्याम्पस प्रशासनलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
यस क्याम्पसमा गत १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थी सघंसङ्गगठनले दबाव दिएका हुन् ।