इटहरीः कोरोना भाइरसको उच्च जोखिमको कारण देखाउँदै जिल्लामा होली नखेल्न जिल्ला प्रशासन कार्यालय मोरङले उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले हस्ताक्षर गरिएको एक ‘अन्यत्नै जरुरी’ भनिएको सूचना मार्फत यस्तो उर्दी जारी भएको हो ।
उर्दीमा भनिएको छः ‘कोरोना भाइरसको (कोभिड १९)को विश्वव्यापी सङ्क्रमण र सो सङ्क्रमणबाट नेपाल समेत उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रभावित सूचनालाई मध्यनजर राखी मोरङ जिल्लाभित्र यस भाइरसबाट हुनसक्ने सङ्क्रमण र फैलावटलाई दृष्टिगत गरी जिल्लामा होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सभा, सम्मेलन नगर्न तथा त्यस्ता पर्व, मेला, उत्सव तथा कार्यक्रममा नजान र सतर्कता अपनाउनको लागी सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिन्छ ।’