धरानः धरानका तीन यूवाले भानुचौक सडकको खाल्डा खुल्टी पुरेर उदाहरणीय काम गरेका छन् । बुधबार राती ११ वजे देखि आफै सिमेन्ट, बालुवा र रोडा मुछेर खाल्डा खुल्टी पुर्ने काम गरे.का हुन् । उनिहरुले यस्तो काम गर्दै गर्दा बाटो स्थानीय बासीले कुन संस्था वा ठेकेदारले यो काम गरेको भनेर सोधेका थिए । तर यो काम कुनै संंस्था वा ठेकेदार ले होईन धरान ८ निवासी प्रज्वल श्रेष्ठ, नारायण बास्तोला र अनिष बस्नेत व्यक्तितग रुपमा गरेका हुन । आफुहरु धराने हुनुको नाताले स्व स्फुत यस्तो काम गरेको प्रज्वल श्रेष्ठले बताए । यस कामका लागि आवश्यक सिमेन्ट, बालुवा र रोडाका मनोकामना हार्डवयरका संचालक नविन राजभण्डारीले सहयोग गरेका थिए ।

धरान धेरै कुराले उदाहरणीय भए पनि प्रवेश द्धारमा पर्ने खाड्डा खुल्टी र धुलोले गर्दा नकारात्मक धारण परिरहेको होटल नवयुगका प्रमेश श्रेष्ठले प्रतिकृया दिए । सडक विभागबाट मर्मत संहारको गर्ने समयमा त्यहाँ गाडी विग्रीएर बसेको हुनाले उक्त खाडल पुर्न नसकिएको धरान उपमहानरपालिका वार्ड नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठको भनाई थियो । धरानको मुटु भानु चौक भएकाले यसलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । यी सडक कोशी हाई वे अन्तरगत पर्ने हुनाले सिधै वडाको वजेटबाट मर्मत संहार गर्न नसकिने हो । तर निर्माण व्यवसायिलाई सहयोग मागेर भए पनि आफुहरुले सके सम्म मर्मत गरिरहेको श्रेष्ठ भने ।

यी यूवाहरुले यस अघि पनि धरानको बाटो मर्मतका लागि नगरबासीहरुको प्रतिनिधित्व गर्दैै सडक डिभिजन कार्यालय विराटनगर सम्म डेलिकेसन गएका थिए । आगामी दिनहरुमा पनि आफुले देखेका, आफुले सक्ने सामाजिक काम गर्ने उनिहरुले बताएका छन् ।

88321360_199677571381123_3262184689611309056_n 89354768_666292614127270_1114343554303393792_n 88198444_628521647720201_635079101614391296_n 88270167_131227064976546_632542051547742208_n