इटहरीः बिर्यानीका पारखिहरूका लागि इटहरीमा रोयल बिर्यानी हाउस सञ्चालनमा आउने भएको छ । ग्राहकलाई भारतीय परिकारको स्वाद नेपालमा दिने उदेश्यले बिशेष गरि मुगल र हैदरावादी बिर्यानी होटलमा बनाईने छ ।
बिर्यानी हाउस भने फागुन २८ गते देखि सञ्चालनमा आउने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
इटहरीका ३ युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालन हुने उक्त होटलमा बिर्यानीका बिभिन्न प्रकारहरूको स्वाद रहने साथै अन्य होटलहरूमा पाइने सेवा सुविधाहरू पनि उपलब्ध गराइने जनाईएको छ । इटहरीमा पहिलो पटक १५२ वटा मसालाहरूको मिसावटबाट बनाइएको बिभिन्न प्रकारको बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउस सञ्चालनमा ल्याइएको अर्का सञ्चालक होम प्रसाद दाहालले जानकारी दिए ।
मुस्लिम, पहाडे र मधेसी समुदायको संयुक्त मिलन तथा भाइचाराको सम्बन्ध दर्साएर समाजमा गतिलो उदहारण देखाउदै तिनै समुदायको संयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याइएको हो । होटलका सञ्चालकहरूमा पहाडे समुदायबाट दहाल, मधेसी समुदायबाट महेस कुमार यादव र मुस्लिम समुदायबाट समिम सिद्धकि रहेका छन ।