इटहरी: इटहरीको विभिन्न ठाउँमा उपमेयर लक्ष्मी गौतम सहितको टोलीले बजार अनुगमन गरेको छ । नोबेल कोरोना भाईरसको प्रभावले बजारमा दैनिक उपभोग्य सामाग्री माक्स, खाना पकाउने ग्यासको अभाव भएको जनगुनासो आएकाले उक्त टोली द्धारा बजार अनुगमन गरेको हो ।
७ वटा ग्यास डिलर र ३ वटा औषधी पसलहरुमा गरिएको अनुगमन क्रममा इटहरीको हलगडाको एक ग्यास डिलर र इटहरीको हटिया लाईनको एक ग्यास डिलरमा कालोबजारी गरेको पाइएकाले दुवै पसललाई आइन्दा यस्तो कार्य नगर्न सचेत गराइएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिईन् ।
उपमेयर गौलमले प्रदेश पोर्टलसगँ भनिन् “बजारमा अहिले माक्सको चरम अभाव रहेको अनुगमनबाट प्रष्ट भएको छ र इटहरी पालिकाले धेरै नसके पनि इटहरी अस्पतालमा जो रुघाखोकीका बिरामी औषधी उपचार गराउन जानुहुन्छ उहाँहरुलाई चाहिँ पालिकाको तर्फबाट प्रति ब्यक्ति एउटा माक्स पनि निशुल्क बितरण गर्ने योजना रहेको उनको भनाई छ ।”