विराटनगरः प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९०) को रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहिबार बसेको सर्वदलीय बैठकपछि कार्ययोजना सार्वजिनक गरिएको हो । कार्ययोजनामा कोरोना भाइरस भनेको के हो ? यसका मुख्य लक्षणहरु, यसबाट कसरी आफू र अरुलाई बचाउने, यसको सङ्क्रमणवाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चुनौतीहरु र रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।
भाइरस सङ्क्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमा क्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सर्तकता, यसबाट बच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयलाई कार्ययोजनामा समेटिएको छ । प्रदेश नं १ सरकारले कोरोना भाइरस सङ्क्रमण यस क्षेत्रमा भित्रिन नदिनका लागि पाँचवटा सीमा नाका बिराटनगरको जोगवनी, भद्रपुुर, कांकरभिट्टा, पशुपति नगर, भण्टावारीमा जगेडा चालक र मेडिकल टोली खटाउनका साथै प्रदेश तहमा १० वटा जिल्लामा दुुई–दुुई वटा गरी २० वटा एम्बुुलेन्स तयारी अवस्थामा राख्ने सुुनसरीको श्रीलङ्का टप्पुु र मोरङको टाँडीमा क्वारेन्टटाइन स्थापना गर्ने, पहिलो चरणमा ५०० भन्दा ज्यादा चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थामा राख्ने कार्य योजनामा बनाएको छ ।
सो अवसरमा मुुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले ‘एक्सन प्लान’ बनाएर कार्यान्वयनका लागि अघि बढाईएकाले त्यसमा सहयोग गर्न दललाई आग्रह गरे । उनले ‘प्रदेश नं १ मा अहिलेसम्म कोरोनाको बिरामी फेला नपरेको र प्रदेश नाकासँग जोडिएको भारतीय गाउँ वस्तीमा रोगको सङ्क्रमण नभएको भन्दै यसबाट प्रदेश सुुरक्षित छ’ भने । मुुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा कालाबजारी गर्न खोज्नेलाई कारवाही गरिने भन्दै व्यापारीलाई आवश्यक सामग्रीको कृतिम अभाव सिर्जना नगर्न आग्रह गरे ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सीमा क्षेत्रमा रेलवाट आउने यात्रुलाइ ध्यान केन्द्रित गरेको भन्दै भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले आवश्यक उच्च सर्तकता अपनाएको जानकारी दिए । प्रदेश सदस्य जयराम यादवले प्रदेश सरकारले ल्याएको कार्ययोजनाको प्रशंसा गर्दै आवश्यक भोजभतेर, सभा सम्मेलनमा उच्च सतर्कता अपनाउन आउनुपर्नेमा जोड दिँदै सरकारले ल्याएको कार्ययोजनालाई सञ्चारमाध्यमले विशेष प्राथमिक दिनु आग्रह गरे ।