इटहरी : कोरोना भाइरस (कोभिड–१९) को त्रासले बजारमा मेडिकल माक्स अभाव भएसंगै सुनसरीको इटहरीमा रहेको कोशेली घरले आफ्नै लागतमा मास्क उत्पादन सुरु गरेको छ । इटहरी लगायत अन्य ठाउँमा माक्स पाउन छोडेपछि कोसेली घर आफैले दैनिक ज्याला दिएर ४ जना महिलालाई माक्स बनाउने कार्य गर्न दिएको कोसेली घरकी सञ्चालक रञ्जु सिग्देलले बताइन् ।
४ दिनमा एक हजार बढी उत्पादन गरिएको सिग्देलले जानकारी दिईन् । उक्त माक्स दुईपत्र भएको कटनको कपडाले बनेकाले लगाउन सजिलो हुने र अन्य बजारमा अहिले माक्सको दाम २० रुपैंया पर्ने माक्सलाई ५०, १०० रुपैंयामा बिक्री गर्ने गरेकाले यहि उत्पादन भएको माक्स रु.२० रुपैंयामा ग्राहकले पाउने सिग्देलको बनाई छ ।
३÷४ दिनको अबधिमा करिब एक हजार पिस माक्स उत्पादन गरिएको र बजारमा अझ माक्सको बजार बढे थप उत्पादन गर्ने योजना रहेको सिग्देलले बताईन् । नोबेल कोरोनाको त्रास साथै सामान्य रुघाखोकी लाग्दा, धूलोधूवाँबाट बच्न पनि मास्क बढी प्रयोग हुन थालेको छ ।
भीडभाड रहने भएकाले विद्यार्थीले बढी मास्क प्रयोग गरेका छन् । स्वदेशमै उत्पादन हुने सर्जिकल मास्कको अभावसँगै शुद्ध कटन भएको माक्सले बजार पाएको हुदाँ इटहरी आसपासमा बिक्रि भए संगै ४ जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।