धरानःअन्तर्राष्ट्रिय स्तरको ए–लेभलको पठनपाठन धरानमै भइरहेको छ भन्ने जानकारी पाउँदा तपाईंलाई खुशी लाग्ला । कतिपय अभिभावक र विद्यार्थीलाई विश्वास पनि नलाग्ला तर यो सत्य हो ।
सुनौलो भविष्यको खोजीमा रहेका विद्यार्थीहरू एसईईपछि उत्कृष्ट शिक्षाको खोजीमा हुन्छन् । तीमध्ये थुप्रै विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि काठमाडौँ जाने गरेका थिए तर अब उनीहरूले काठमाडौँ जानु नपर्ने भएको छ । विद्यार्थी र अभिभावकहरूको आवश्यकतालाई बुझेर संसारकै उत्कृष्टमध्ये पर्ने क्याम्ब्रिज विश्वविद्यालयको ए–लेभल कोर्स धरानकै विजयपुर स्कुलले सञ्चालन गरिरहेको छ । एक दशकभन्दा बढी समयदेखि यसै क्षेत्रमा लागेका दक्ष र अनुभवी व्यक्तिहरूको संलग्नतामा यो कोर्स यहाँ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।
ए–लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन बोर्ड (सीआईई)ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेसन ९जीसीई० को शैक्षिक कार्यक्रम भएको विजयपुर स्कुलका ए–लेभल इन्चार्ज रमेश निरौलाले जानकारी दिए । यो नेपालको १०ं२ सरहको पाठ्यक्रम हो । यो तह उत्तीर्ण गरेका विद्यार्थीले विश्वका कुनै पनि विश्वविद्यालयमा स्नातक तहमा भर्नाका लागि आवेदन दिन पाउने इन्चार्ज निरौलाले बताए । यसको अन्तर्राष्ट्रिय ख्यातीका कारण विश्वका उत्कृष्ट कलेजमा भर्ना र छात्रवृत्तिका लागि विद्यार्थीलाई सहज हुने अनुभवीहरूको भनाइ छ ।
प्रविधिको उच्चतम प्रयोग गरी पठनपाठन हुने भएकाले यो कोर्स गरेका विद्यार्थीहरू सैद्धान्तिक र व्यावहारिक रूपमा दक्ष हुने इन्चार्ज निरौलाले बताए । विश्वका १ सय ६० देशमा सञ्चालन हुने ए–लेभलको परीक्षा प्रणाली र ग्रेडिङ प्रणालीको मापदण्ड पनि विश्वभरि एउटै हुने भएकोले विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने र यसले अवसरको ढोका खोलिदिने निरौलाको भनाइ छ ।

89609624_2537022949854841_2810514143373688832_n