इलामः पश्चिम बंगाल सरकारले कोरोना नियन्त्रणका लागि इलामको पशुपतिनगर नाका शनिबार बाट बन्द गरेको । नोबल कोरोना भाइरस (कोभिड १९) त्रासको कारण देखाउदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको हो ।
नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रने सवारी साधन नाका बन्दगरेपछि पशुपतिनगर ठप्प रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानाकारी दिएको छ ।
हाल फैलिरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन अनिश्चितकालका लागि नाका बन्द रहेको नेपाल भारत सिमानामा रहेकोे भारतीय प्रहरीले पशुपतिनगरलाई जानकारी गराएको इलाका पशुपतिनगरका इन्स्पेक्टर रमेश राईले जानकारी दिए । उनले भने अहिले नाकाबाट गाडी चल्न बन्द छ, टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ ।’ स्थानीय भने आवश्यक कामका लागि सीमानाबाट आउने–जाने गरिरहेको राईको भनाई छ ।

दुई हेल्प डेक्स राखेर जाँच

इलामले भारतसँग छोएका नाकाहरूमा हेल्प डेस्क राखेरै यहाँबाट आउजाउ गर्नेको तापक्रम जाँच गरिरहेको छ । पशुपतिनगरमा २ हेल्प डेस्क राखेर नाकाबाट बाहिरिने–भित्रिने प्रत्येक व्यक्तिको तापक्रम जाँच भइरहेको छ । अहिले सम्म जाँच गरिएका सबै व्यक्तिको तापक्रम सामान्य नै रहेको पाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखा प्रमुख धनराज यादवले जानकारी दिए । उनका अनुसार एउटा डेस्कमा नेपालबाट बाहिर जानेको र अर्काेमा नेपाल भित्रिने व्यक्तिको तापक्रम जाँच गरिँदैछ । यताबाट बाहिरिने व्यक्तिलाई कोरोनाबारे सचेत गराएर सुरक्षित रहन आग्रहसमेत गरिरहेको छ । डेस्कमा रहेका स्वास्थ्यकर्मीले तापक्रम जाँच्न ‘थर्मल गन’ प्रयोग गरिरहेका छन् । ‘थर्मल गनले सम्बन्धित व्यक्तिको शरीरमा नछोई तापक्रम जाँच्नेका गरीरहेको छ ।
पशुपतिनगर नाकामा अहिलेसम्म दैनिक छ सयभन्दा बढीको जाँच गभइरहेको छ भने हाल सम्ममा साढे ६ हजार हाराहारीको तापक्रम जाँच गरिसकेको छ । छ हजार भन्दा बढीमा संक्रमण जाँच गर्दा कसैमा पनि शंकानरहेको यादवको भनाई छ । हेल्प डेस्कमा कसैमाथि कोरोनाको शंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्स समेत तयार छ । ‘एम्बुलेन्स चाहिँ हेल्प डेस्कमा राखिएको छैन तर नजिकै रहेको सबै एम्बुलेन्स आवश्यक परेका बेला प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको यादवको भनाई छ ।’

प्रदेश १ को सुनसरी र मोरङमा क्वारेन्टाइन

प्रदेश नम्बर १ सरकारले कार्ययोजना पारित गर्दै १ नम्बर प्रदेशको सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । त्यस्तै प्रदेश सरकारले कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै प्रदेश नाकाहरुमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा डेस्क स्थापना गर्ने, र आवश्यक जनशक्ति तथा उपकरणको प्रबन्ध गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै प्रदेशका नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने छ । औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पार्ने निर्णय गरिसकेको छ । स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने निणर्य गरेको छ ।