विराटनगरः विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष संचालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका बिद्यार्थीलाई इन्टर्नशीप तथा प्लेसमेन्ट,बैंकिंङ समन्धी बिभिन्न तालिम दिने लगायतका बुदामा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सानिमा बैंकका तर्फबाट विराटनगरका सहायक ब्रान्च प्रबन्धक गायत्री प्रसाद सुबेदी र रिलेसनशिप अफिसर अभिषेक शर्मा र कलेजको तर्फबाट प्रमुख कार्यकारी डा। ऋषिकेश वाग्ले र बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले हस्ताक्षर गरेका थिए ।
कलेजका बिद्यार्थीहरुलाई पढाइ संगसंगै विश्वभर ठुलो सम्भावना बोकेको बैंकिंङ समन्धी जानकार बनाउने उदेश्यले उक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको कलेजका कार्यकारी वाग्लेले बताए । कलेजले उद्योग संगठन मोरङसंग पनि रोजगारी तथा बिभिन्न तालिमको लागि सहमति गरेको छ ।