धरानः धरानमा नाटक घर निर्माण कार्य प्रारम्भ हुन लाग्दा केही राजनीतिक दलका नेताहरूले विरोध जनाएका कारण काम अघि बढ्न नसकेको भन्दै धरानका रङ्गकर्मीहरू आन्दोलित भएका छन् ।
सुनसरी एक नम्बर क्षेत्रका सङ्घीय सांसद् जयकुमार राईले धरानमा नाटकघर निर्माणका लागि संसद् विकास कोषबाट ४० लाख रुपैयाँ विनियोजन गरिदिएपछि यहाँका रङ्गकर्मीहरू उत्साहित भएका थिए । धरानमा नाटकघर निर्माणको पुरानो सपना पूरा हुने आशा पलाएपछि यहाँका रङ्गकर्मीहरू सक्रिय भएका थिए तर यहाँका केही नेताहरूको विरोधका कारण उपमहानगरले जग्गा दिन अस्वीकार गरेपछि रङ्गकर्मीहरू आन्दोलित भएका हुन् ।
काम तत्काल सुरु नभए बजेट फिर्ता जाने भएको हुँदा धरान सभागृहको परिसरमा रहेको खाली जग्गामा २०० सीटको नाटक घर बनाउन धराने रङ्गकर्मीहरूले एउटा पहल समिति बनाएका थिए । त्यही समितिमार्पmत् काम अघि बढेको थियो । काम सकारात्मक दिशामा अघि बढिरहेको बेला अचानक केही राजनीतिक नेताहरूले विरोध जनाएका कारण काम रोकिएको भन्दै रङ्गकर्मीहरूले आपत्ति जनाएका हुन् ।
त्यस्तो कला तथा कलाकारविरोधी कार्यको भत्र्सना गर्दै उनीहरूले धरानमा नाटक घर बनाउन दवाब दिने उद्देश्यले मङ्गलबार ¥याली प्रदर्शन गरेका छन् । नाटक घर निर्माण समितिको नेतृत्वमा धराने रङ्गकर्मीहरूको सो ¥यालीले मेयर तिलक राईलाई ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझ्दै मेयर राईले यस विषयमा सर्वदलीय बैठक बोलाई युद्धस्तरीय कलाकारको रूपमा पक्षमा लाग्ने आश्वासन दिए ।
धरानका अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा बनेको सो समितिले यसअघि प्रदेश सभामुख, मेयर, उपमेयर, विभिन्न राजनीतिक दलहरु र वडा समितिका पदाधिकारीहरूसँग छलफल गरेर सहमति जुटाएको थियो । त्यस आधारमा नाटकघर बनाउने कार्य सुरु हुन लागेको थियो । नगरपालिकाले यसमा सकारात्मक पहल नगरे अब विरोधीहरूलाई समेत राखेर सार्वजनिक रूपमा मिडिया अन्तत्र्रिmया गरिने समितिका संयोजक सुब्बाले जानकारी दिए ।

dharan 2