इटहरीः१७ बर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका इटहरी ५ का वडा अध्यक्ष कल्याण बहादुर कार्की सुनसरीको इटहरी उपमहानगर ५ अन्तरगत ज्योती माध्यमिक बिद्यालयभित्र भएको नीतिगत अनियमिता प्रकरणमा मुछिएका छन । वडा नं ५ का वडाध्यक्ष कार्कीकै उपस्थितिमा बिद्यालयले नक्सा पासै नगरी भवन निर्माण गरेको पाइएको छ । कार्कीले २०५४ साल देखि २०७१ सम्म बिद्यालयको व्यवस्थापन समिति अध्यक्ष भइ १७ वर्ष काम गरेका थिए । उनी स्वयम अध्यक्ष रहँदा पनि भवन निर्माण आचारसहिता पालना भएको देखिएको छैन ।

बिद्यालय वडा कार्यालयकै आसपास रहेको छ तर पूर्व व्यवस्थापन समिति अध्यक्ष भएकै कारण बिद्यालयको नीतिगत अनियमिता बारे वडाध्यक्ष कार्कीले त्यति चासो नराखेको स्थानीयहरूको आरोप छ ।
कुनैपनि सरकारी कार्यालयहरूले कार्यलय आसपास भौतिक संरचना निर्माण गर्नुपर्दा सम्बन्धित निकायको अनुमति अनिवार्य लिनुपर्ने प्रावधान रहेको छ त्यो संगै प्रत्यक्ष रुपमा टेण्डर आव्हान गराइ ठेकेदार बिच प्रतिस्पर्धा गराइनुपर्छ यसको साथै भवन निर्माण समिति र खरिद समिति पनि बनाइ योजना अनुसार काम गरिनुपर्छ तर ज्योति माविको हकमा भने यस्तो देखिएको छैन । सरकारी बिद्यालयमा ब्यवस्थापन समितिको पदावधि तिन वर्षको मात्र हुने प्रावधान रहे पनि कार्की सहमतीकै आधारमा १७ वर्ष सम्म अध्यक्ष बनेका थिए । आफ्नो कार्यकाल सकिएपछि सहमति या निर्वाचनको माध्यमबाट नयाँ समिति चयन गर्नुपर्ने हुन्छ तर इटहरीको ज्योति मावीमा त्यस्तो देखिएन । कार्किको पाला देखिनै बिद्यालयमा नीतिगत अनियमितता हुदै आएका पाइएको छ ।
इटहरी उपमहानगर अन्तरगत शिक्षा महाशाखाकी प्रमुख कुमारी अम्बिका शाहले एउटा सरकारी बिद्यालयको व्यवस्थापन समितिमा रहेका पदाधिकारीहरूको समयसिमा ३ वर्ष मात्रै रहने जनाउदै कार्यकाल सकिएपनि स्थानीय अभिभावक तथा शिक्षक, कर्मचारी र बिद्यार्थीहरूको सहमति अनुसार त्यसैलाइ अर्काे तिन वर्षको लागि पुनः बैधानिकता दिन सकिने तर १७ वर्ष सम्म एउटै व्यक्तीलाइ अध्यक्ष बनाउन नमिल्ने बताइन् । ७३ सालमा स्थानीय समाजसेवी बनुलाल चौधरीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति चयन भएपनि उक्त समितिको पनि समयसिमा गत ७६ फागुनको पहिलो सातामा समाप्त भएको छ । अहिले बिद्यालय व्यवस्थापन समिति बिहीन बनेको छ ।
यता कानुन मिचेर निर्माण गरिएको भवनको बिषयमा वडा नं ५ का अध्यक्ष कल्याण कार्की सँग सम्पर्क गर्दा उनले कहा के भइरहेको छ सबैको हेक्का राख्न नसकिने तर कानुन मिचेर संरचना निर्माण गरेको पाइए सचेतना गराइ नियम प्रकृया पु¥याउन अपिल गर्न सकिने बताए । बिद्यालय हाता भित्र निर्माण भइरहेका शौचालय सहितको व्यवसायिक प्रयोगात्मक भवनको काम भने तत्काललाइ स्थगित गरिएको छ ।