पथरीः भनिन्छन् प्राथना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ, यस्तै एक व्याक्ति मोरङको विराटचौकमा भेटिएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल सम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ सरकारले पूर्वका विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरेको छ ।
प्रदेश सरकारको यो पूर्व तयारीलाई साथ दिदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्वर ९ का युवराज पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि निशुल्क उपलव्ध गराउने जनाउनु भएको छ । पौडेलले आफ्नो ५ तले घरको ४० वटा कोठामा १०० जना भन्दा बढीको लागि आवश्यक्त परेको खण्डमा उपचार गर्न सक्ने क्षमता रहेको बताए ।
पौडेलले भने–“स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुस गरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने छु ।”
कोरोना भाइरसको संक्रमण चिनमा पहिलो पटक देखा परे सगै अहिले यो विश्वव्यापी रुपमा फैलदै नेपाल सग खुल्ला सिमाना जोडिएको भारतमा समेत संक्रमीत फेला पर्न थाले पछि प्रदेश नम्वर १ सरकारले उच्च सर्तकता अपनाएको हो ।
संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनगर गर्दै मोरगंको टाँडीमा नेपाली सेना र प्रदेश सरकारको समन्वयमा २ सय जनालाई राख्न सक्ने गरीको क्वारेन्टाइन स्थापना गरिएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिए ।
टाँडीमा १ सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २ सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना गरिएको छ ।सो क्वारेन्टाइनमा स्वास्थ्य मापदण्ड अनुसार शंकास्पद विरामीहरुलाई निगरानीका साथै उपचार पद्धति सहित राखिने जनाइएको छ । नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइनको स्थापना गरेको छ ।