इटहरीःइटहरी स्थायी घर भएका ६६ बर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट वेलायतमा मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भई इटहरी स्थायी निवासी उनी पछिल्लो समय सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर–पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थ्विक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी उनका आफन्त जयलक्ष्मी राईले जानकारी दिइएकी छन् । बताइन् । उनका अनुसार लिलाबहादुर ब्रिटिस(गोर्खा सैनिक सेवाबाट निवृत भएपछि इटहरी बसोबास गरेको र सन् २००८ मा वेलायत गएका थिए ।
मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल र्पुयाएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए । मृत्युको कारण कोभिड(१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ । संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।