धनकुटाः कोरोना भाईरसको त्रास बढ्दै गए पछि धनकुटाको पर्यटकिय स्थलहरुमा पर्यटकहरुको आगमनमा पनि कमी आउन थालेको छ ।
धनकुटाको पर्यटकीय स्थलहरुमा पर्यटक आगमनको संख्या करिव ९० प्रतिशतले कमी आएको व्यवसायीहरुको भनाई छ । यो भाईरस संक्रमणको आशंकामा पछिल्लो समय पर्यटकहरुको आगमनमा कमी आउँदा व्यवसाय नै जोखिममा परेको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तथा पर्यटन व्यवसायी जितेन्द्र रुम्दाली राईले वताए । उनका अनुसार गएको वर्षहरुलाई हेर्ने हो भने भेडेटारमा यो सिजन धेरै पर्यटक आउजाउ गर्ने सिजन हो । तर यतिवेला १० प्रतिशत मात्र पर्यटक आउजाउ गर्ने गरेका छन् । यो संख्या गत वर्षहरुको तुलनामा ९० प्रतिशतले कमी हो । यसरी पर्यटकिय क्षेत्रमा पर्यटकहरु आउन कमी भएसँगै होटल व्यवसाय समेत प्रभावित भएको उनको भनाई छ । यसरी व्यवसायमा मन्दी छाउँदा व्यवसायीहरुलाई कर्मचारी राख्न समेत धौधौ भएको व्यवसायीहरुले वताएका छन् ।
त्यस्तै अर्को प्रख्यात पर्यटकिय स्थल नमस्ते झरनामा पनि आन्तरिक पर्यटक फाट्टफुट्ट वाहेक वाह्य पर्यटकको आगमन शून्य जस्तै भएको छ । नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले पनि पछिल्लो केही समय यता पर्यटक आगमनमा कमि आए सँगै होटेल व्यवसाय प्रभावित भएको वताउनुभयो । उनका अनुसार गएका वर्षहरुमा भारत र नेपाल कै विभिन्न स्थानदेखी सयौ पर्यटक भित्रने यो झरनामा अहिले दिनमा १० देखी १५ जनाको हाराहारीमा मात्र आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यसले गर्दा होटल र पर्यटन व्यवसायीलाई निक्कै जोखिम मोल्नु परेको उनले वताए । यस्तो अवस्थामा सरकारले केही राहत मिल्ने वातावरण र्सिजना गरिदिए सहज हुने व्यवसायीहरुले अपेक्षा छ ।

namaste-jharna
यता क्षेत्रिय होटल एशोसिएसन धनकुटा एवम् पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास सस्था हिलेका अध्यक्ष खगेन्द्र विष्टले शूरुमा छिमेकी मुलुक चिनमा कोरोना भाईरसको संक्रमण वढेसँगै त्रासको कारण हरेक ठाउँमा मानिसको चहलपहल कम हुँदै गएको वताए । उनले पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेमा पनि अहिले पर्यटक आगमन शुन्य जस्तै भएको वताए । तर कोरोना भाईरसको संक्रमणवाट पनि वच्ने र पर्यटक आगमनको कुरालाई निरन्तरता दिई व्यवस्थित सूरक्षित र व्यवस्थित गर्दै सहज वातावरण तयार गर्ने वारेमा व्यवसायीहरु वीच छलफल भईरहेको उनले वताए । अध्यक्ष विष्टका अनुसार धनकुटा जिल्लामा एशोसिएसन सँग आवद्ध मात्र डेड सय वढी होटेल व्यवसायी रहेका छन् ।