इटहरीः  कोरोना भाइरस ( कोबिड –१९ )को त्रासका कारण इटहरीका पर्यटकिय क्षेत्र सुनशान भएका छन् । तालतलैया लगायतका पर्यटकिय क्षेत्र सुनशान भएको स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् । त्यती मात्रै होइन, इटहरीका होटलहरु समेत प्रायःठप्प नै भएका छन् ।
कोरोनाको हल्लाकै कारण अहिले सुनसरी मोरङका औद्योगिक करोडोरहरूमा मज्दुरहरूको संख्या पनि घटदै गएको र व्यवसायिहरूले मागेजतिको दैनिक उपभोग्य बस्तुहरूको उत्पादन गर्न कठिनाइ भइरहेको उद्योगपति महेश जाजुले बताए ।
प्रदेश एकको मुख्य गन्तब्य तथा ब्यापारिक केन्द्र इटहरीमा पनि ब्यापारिक चहलपहल ओरालो झर्न थालेको पाइएको छ । १५ दिन अघि राम्रै ब्यवसायिक चहलपहल चलेको इटहरी एक हप्ता देखि लगातार ओरालो लाग्दै आएको व्यवसायिहरू बताउछन ।
इटहरी उपमहानगरले पनि आफ्नो क्षेत्रमा कोरोनाको संक्रमण फैलन नदिन नगरवासीहरूलाइ सचेतना सहित सभा सम्मेलन र भिडभाड जम्मा नगर्न अनुरोध सहित शुक्रबार माइकिङ समेत गरिसकेको छ ।
सो भाइरसको संक्रमण नेपाल प्रवेस नगरेपनि जनमानसमा छाएको हल्लाको त्रासले ब्यापार व्यवसाय चौपटक बनिदिदा स्थानीय बैंकहरूबाट चर्काे ब्याजमा रिण लिएर कारोबार सुरू गरेको साना व्यवसायीहरू अहिले प्रत्यक्ष मार्कामा परेका छन । इटहरीको हङकङ मार्केट ब्यस्त बजारको रूपले चिनिन्छ तर एक साता अघि देखि त्यहापनि ग्राहकहरूको चहलपहल घटेको देखिएको छ । १५ दिन अघि सम्म राम्रै कारोबार भएको पसल अहिले सुक्खा लागेको छ ६ वर्ष देखि कपडा व्यवसाय गर्दै आएका इटहरी निवासी गणेश राई बताउछन । पहिला दैनिक ६ हजार सम्मको कारोबार हुने पसलमा अहिले मरेर ९ सय सम्म पुग्ने गरेको राई बताउछन ।
बिगत भन्दा अहिले इटहरीमा दैनिक मानिसहरूको आवत जावत पनि घटदै गएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले बताए । उनले इटहरीमा रहेका व्यवसायहरूको पसल देखि ठुला घरनाहरूले सञ्चालन गरेको ब्यवसायिक कम्प्लेक्स सबैको अवस्था बुज्दा अहिले कारोबार त्यति सन्तोषजनक नरहेको बताए । प्रदेश एकको प्रमुख पर्यटकीय क्षेत्रहरू इटहरीको तालतलैया , राधाकृष्ण मन्दिर , मोरङको सुन्दरहरैचास्थित गोकर्ण रिसोर्ट , गोकुलम रिसोर्ट , झापाको पर्यटकिय क्षेत्र जामुन खाडी सिमसार , दोमुखा , सताक्षी धाम इलामको कन्याम लगायतका पर्यटकिय स्थलहरूमा अहिले आन्तरीक पर्यटकहरू क्रमश घटदै गएको पाइएको छ । झापाको सुरूङगास्थित जामुनखाडी सिमसार क्षेत्रका अभियान्ता तथा संरक्षण समितिका अध्यक्ष ख्यामराज सिटौलाका अनुसार अहिले कोरोना भाइरस हल्लाको सन्त्रासले आन्तरिक पर्यटकहरू घटदो क्रममा रहेको बताए । बिगतमा शनिबार १५सय देखि ६ हजार सम्मले अवलोकन गर्ने उक्त सिमसार अहिले सुक्खा लागे जस्तै बनेको बताए । त्यस्तै प्रदेश एककै पर्यटकिय स्थल इटहरीको तालतलैयाको पनि अवस्था उस्तै रहेको छ ।दैनिक ३ हजार देखि ५ हजार सम्म पर्यटकहरू भित्रिने यस स्थलमा अहिले छिटफुट मात्रै देखिने गरेको तालतलैया संरक्षण समितिका सञ्चार संयोजक लोचन पौडेलले बताए ।