इटहरी: कोरोना भाईरसको कारण भोलीबाट प्रदेश एक भरी छोटो तथा लामो दुरीका सार्वजनिक यातायात नचल्ने भएका छन् ।
सोमबार बसेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरी र सार्वजनिक यातायात ब्यबसायी महासंघ प्रदेश एकको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा दिनप्रतिदिन जनमानसमा त्रास बढेको भन्दै संघीय सरकार र प्रदेश सरकारको पालना गरी सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको सार्वजनिक यातायात ब्यबसायी महासंघ प्रदेश एकका संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।
सोमबारसम्म एक जिल्लाबाट अर्काे जिल्ला आवतजावत नगराउने भनिएपनि छोटो दुरीका सार्वजतिक यातायात चलाउने निर्णय भएको थियो तर यस परिस्थीतीबाट झन् त्रास बढेकाले यात्रुबाहक बस सञ्चालन बन्द गरिएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी प्रसाद अधिकारीले बताए ।
यात्रुबाहक बस बन्द भएपनि ढुवानी तथा निजि मोटरसाइकल,सिटि रिक्सा,टेम्पो, कार भने सञ्चालन गर्न पाउने डिएसपी अधिकारीले जानकारी दिए । यातायात ब्यबसायी महासंघ प्रदेश एकका संयोजक श्रेष्ठले भने सरकारले जहिले जटिल अबस्था सामान्य भएको जानकारी गराउँछ त्यसै दिनबाट बस सञ्चालन गर्ने बताए ।