इटहरी: कोरोना भाइरसको त्रास नेपाल मात्र हैन विश्व देश विदेश नि त्रसित भई रहँदा विभिन्न संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्नो क्षेत्रबाट सुरक्षाका उपायहरु अपनाई रहेका छन् ।
यसै विच सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि आज इटहरी उपमहानगरपालिकाकी कार्यबाहक नगरप्रमुख लक्ष्मी गौगमको अध्यक्षतामा आकस्मिक बैठकले (कोभिड १९) कोरोना भाईरस नियन्त्रणका लागि केही महत्वपुर्ण निर्णय गरेको छ । ः
इटहरीको जनता बहुमुखी क्याम्पसमा आजैबाट लागु हुने गरी २०० जना अट्ने क्षमता क्वारेन्टाइन सेवा स्थापना साथै आबश्यक परे अन्य सामुदायिक विद्यालयमा विभिन्न निकायहरु सगँ समन्वय गरी क्वारेन्टाइनको ब्यबस्था गर्ने, इटहरी उपमहानगरपालिका भित्र सञ्चालन हुने निजि म्याजिक, सिटी सफारीलाई सञ्चालनका लागि जोर, बिजोर प्रणाली लागू गर्ने  ।

अत्याबश्यक, दैनिक उपभोग्य सामान बाहेकका अन्य पसल तथा बजार आगामी चैत २१ गते सम्म बन्द गर्ने साथै नगरबासिलाई अत्याबश्यक काम बाहेक अरु बेला घर बाहिर ननिस्कन अनुरोध समेत गरेको छ ।
यस्तै कोरोनाको आशंका लागे वा अन्य देशका ब्यक्ति केतै देखे बिभिन्न हटलाइनमा जानकारी गराउने समेत इटहरी पालिकाले ब्यबस्था गरेको छ । त्यस्तै रेडक्रस सोसाइटी इटहरीसगँको समन्वयमा दुई वटा एम्बुलेन्सको समेत ब्यबस्था गरिएको साथै कोरोनाको बिषयमा कहिँ कतै आफुँले गर्ने कार्यका कुनै कसुर बाकीं नराख्ने कार्यबाहक नगरप्रमुख गौतमको भनाई छ ।