विराटनगरः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा नगद रु. ११ लाख सहयोग गरेका छन् ।
राउतले सोमबार प्रदेश सरकारको कोषमा नगद रु. ११ लाख सहयोग गरेका हुन । प्रदेश सरकारले संभावित जोखिमबाट बच्नको लागि आफ्नै कोष बनाएको छ । उद्योगी राउतले भने,‘‘यो संकटको बेला भईपरि अवस्थामा सरकारलाई मद्दत मिलोस भनेर सहयोग गरेको हुँ ।’’ राउत विराटनगरमा सामाजिक सहयोगमा अग्रसर हुने उद्योगीको रुपमा समेत परिचित छन् ।
यसैबीच राउतले नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ मा आवद्ध विभिन्न ३६ वटा नगर जिल्ला उद्योग वाणिज्य संघ मध्ये २३ वटालाई पाँच सय थान मास्क र पाँच लिटर सेनिटाइजर समेत सहयोग गरेका छन् । गरिएको सहयोग वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई वितरण हुने बताइएको छ ।