इटहरीः विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण,रोकथाम र उपचारका लागि झापाको कमल गाँउपालिका कार्यालयले आज बिहान १५ बेडको क्वारेण्टाईन निर्माण गरेको छ । कमल गाँउपालिकाको केर्खा स्थित धर्मभक्त माध्यामिक विद्यालयमा पुरुष तथा महिलाका लागि गरि १५ बेड निर्माण गरेको कमल गाँउपािलकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताए । गाँउपािलका भित्र कोरोना भाईरस सम्बन्धि कुनै बिषयमा जानकारी लिन परे तत्काल कर्मचारीहरुसंग सम्पर्क गर्न पनि गाँउपालिकाले आग्रह गरेको छ । गाँउपालिकाका सबै नागरिकलाई घर भित्रै बस्न पनि गाँउपालिकाले अनुरोध गरेको छ । गाँउपालिकाले ३ जना कर्मचारीहरुको नाम र मोबाइल नम्बर समेत उपलब्ध गराई कोरोनाका बिषयमा कुनै जानकारी या उपचार लगायतका बिषयमा जानकारी लिन आग्रह गरेको छ । गाँउपालिकाले निम्न कर्मचारीहरुको नाम र नम्बर उपलब्ध गराएको छ । 

१.बाबुराम थुलुङ स्वास्थ्य संयोजक 9852681100
२मेनका पौडेल स्वास्थय चौकि लखनपुर ईन्चार्ज 9862647116
३डम्बर श्रेष्ठ स्वास्थ्य चौकि तोपगाछि इन्चार्ज 9803406755

90621068_202618077826487_9071008862303158272_n 90621068_202618077826487_9071008862303158272_n 1 90442759_202617501159878_5938864722873942016_n 90923087_202617401159888_961140752300113920_n