इलामःनोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि इलाममा आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्लाको सदरमुकाममा रहेको इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसनको रुपमा सन्चालन शुरु गरीएको हो ।
शंकास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई शैया सहितका आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोभिड–१९ का शंकास्पद बिरामी भेटिए आइसोलेसनमा राख्नेगरी जिल्लाका सरोकारवालाको बैठकले निर्णय गरेर आइसोलेसन कक्षको व्यवस्थापन इलाम अस्पतालले गरेको हो । ‘उच्च ज्वरो, रुघाखोकी लागी कोभिड–१९ का शंकास्पद अन्य लक्षण देखिएका व्यक्तिलाई आइसोलेसनमा वार्डमा रखिने भएको छ भने उक्त स्थानका लागि चिकित्सकको टोली तयारी अवस्थामा छुट्टै राखिएको र साथमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको इलाम अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।
यस्तै इलाम अस्पातलले ‘कोभिड–१९ का बारेमा जनचेतनामूलक सन्देश प्रभाव गर्न अस्पताल परिसरमा बिभिन्न फ्लास प्रिन्ट सहित साबुन पानीले हातधुने वेबस्था मिलाईएको इलाम अस्पतालका हेल्थ असिस्टेन टीका लुईटेलले बताए । त्यस्तै इलाम नगरपालिका वडा नं ६ सिंगफ्रिङस्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल हाल बन्द रहेको र यस महामारीको अवस्थालाई दृष्टिगत गर्दै उक्त अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रूपमा प्रयोग गरिने भएको छ ।