इटहरीः इटहरीका युवा व्यवसायी तिलक अधिकारीले क्वारेन्टाइनका लागि इटहरीको विराटनगर लाइन स्थित कामना विकास बैंकको माथिल्लो तल्लामा रहेको टिआर हस्पिटलको २० वटा वडा निःशुल्क दिने घोषणा गरेका छन् । इटहरी उपमहानगरले जनता कलेजको भूइमा क्वारेन्टाइनका लागि बेड तयार गरेको समाजिक संजाल मार्फत जानकारी पाएपछि अधिकारीले बन्द रहेको आफ्नो अस्पतालको ती वेडहरु उपलब्ध गराउने घोषणा गरेका हुन् । इटहरीकै अर्का युवा व्यवसायी बिक्रम घिमिरेको पहलमा अधिकारीले आफ्नो हस्पिटलका ती वेडहरु दिने घोषणा गरेको बुझिएको छ । उता नेपाल विद्यार्थी संघका नेता विकास केसीले पनि हिजो आफ्नो घरमा भाडामा बस्नेहरुसंग कोरोना संक्रमणको त्रास रहुन्जेलसम्मका लागि भाडा नलिने घोषणा गरेका छन् ।