इटहरीः कतार एयरवेजको जाहाजबाट चैत्र ४ गते नेपाल आएकी कोरोना संक्रमित १९ बर्षीया युवतीसंगै आएका मध्ये एक जना इटहरीको भएको पुष्टि भएको छ । इटहरी वडा नम्बर १६ का एक व्यक्ति भएको आधिकारी सूचना आएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले प्रदेश पोर्टलसंग कुरा गर्दै भनिन् एक जना १६ नम्बर वडाबाट सम्पर्क आएका छन् । उनलाई ज्वरो आएकाले बिषेश निगरानी गरिएको उपमेयरले बताइन् । कोरोनाको संक्रमण १५ देखि २० दिनपछि पनि देखिने हुँदा उनलाई बिषेश निगरानी गर्न निर्देशन दिइएको उनको भनाई छ । उनलाई कति डिग्री ज्वरो आएको छ । के कस्ता लक्षण देखिएको छ , सबै कुरा बुझ्न स्वास्थ्यकर्मीको टोली पठाइएको गौतमले बताइन् ।
उनका अनुसार ईटहरी १४ का एकजना पुरुषमा १०१ डिग्री ज्वोरो आएको छ । उनि भर्खरै बिदेशबाट घर आएका हुन् । उनलाई अहिले स्वास्थ्यकर्मीको सल्लाहा बमोजिम फोन सम्कर्कबाट औषधी उपचार भईरहेको छ । कोरोना लागेको भनेर प्रमाण केही छैन तर आशंका रहेको उपमेयर गौतमले बताइन् । त्यसैगरि ४ दिनअघि मात्र इटहरी वडा नम्बर ४ मा विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्नुका साटो ढुक्कले परिवारसंग घुलमिल गरेर घरमै बसिरहेको उनले बताइन् । इटहरीको बज्राहमा पनि भारतको संक्रमित क्षेत्रबाट आएका ९ जना घरमै बसिरहेको सूचना आएकाले संक्रमण फैलन नदिन उनिहरुलाई क्वारेन्टाइनमा राख्नका लागि आवश्यक पहल थालिएको उपमेयर गौतमले बताइन् । इटहरी र यसका आसपास क्षेत्रमा धेरै नै मानिसहरु १५ दिन ७ दिनअघि विदेशबाट आएका छन् । उनिहरु क्वारेन्टाइनमा बस्नु पर्नेमा घरमै बसिरहेका छन् । उनिहरुपनि शंकाको घेरामा रहेको उपमेयर गौतमले बताइन् । उनले यस्तो संकटका बेला आवश्यक सहयोग गर्न आग्रह गरेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले गालीको साटो आवश्यक सहयोग गर्न नरवासीमा आग्रह गरेकी छन् ।