इटहरीः कोरोना भाईरस आशंका गरिएकाहरुलाई राख्नका लागि इटहरीमा बनाइएका क्वारेन्टाईनका लागि इटहरीका होटल व्यवसायीहरुले १ सय थान नेट(झुल) प्रदान गरेका छन् । इटहरीका होटल व्यवसायीले १०० थान झुल इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई प्रदान गरेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
उनका अनुसार होटल इन टुरिष्ट प्यालेसले २५ थान, होटल प्रिमियरले १५ थान, होटल बगानले १५ थान। हिरा होटलले १५ थान, होटल सुमेरुले ५ थान, होटल शुभकामनाले ५ थान र चिप एण्ड वेष्टले ५ थान झुल प्रदान गरेका हुन् ।