इटहरीः इटहरीमा चार अस्पतालहरुले क्वारेन्टाइनका लागि आफुसंग भएका वेड उपलब्ध गराउने भएका छन् । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका अनुसार इटहरीको हलगडामा भरखरै निर्माण भएको सामुदायिक अस्पताल, इटहरीकै वेदान्त, एपेक्स, पशुपति र टिआर अस्पतालले पनि क्वारेन्टाइनका लागि वेड उपलब्ध गराउने भएका हुन् । त्यसका लागि स्वास्थ्यकर्मीहरुको टोली ती अस्पताल पुगेर चेंक जाँच गरि क्वारेन्टाइनका लागि ठिक भए नभएको बुझ्ने र निर्णय गर्ने उनले बताइन् । क्वारेन्टाइनका लागि अस्पताल संचालकहरुले वेड दिन इच्छा देखाएकोमा उपमेयर गौतमले धन्यवाद दिदै आभार प्रकट समेत गरेकी छन् । उनका अनुसार आज साँझसम्ममा ५० वेडको क्वारेन्टाइन निर्माण भईसक्ने छ ।
उपमेयर गौतमका अनुसार हालसम्ममा उपमहानगरको पहलमा निर्माण भईरहेको क्वारेन्टाइनका लागि आवश्यक पर्ने २ सय थान तकिया नेकपा इटहरी नगर कमिटीले उपलब्ध गराएको छ । होटल व्यवसायी संघ र इटहरी उद्योग वाणिज्य संघले १ सयका दरले २ सय थान झुल, व्यवसायी उमेश पौडलबाट १ सय जोर चप्पल, किसान कल्याण सहकारीबाट ५० थान टुटि सहितको वाल्टी, नयरआजम भण्डारीबाट १ सय ५० थान साबुन प्राप्त भएको छ । महिला बचत, दुर्गा बचत र नागरिक समाज इटहरीका तर्फबाट पनि सहयोग प्रदान गर्ने बचन आएको उपमेयर गौतमले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि ओढ्ने ब्लाकेट आवश्यक हरेको छ । उनले ब्ल्याकेटका लागि पनि आवश्यक सहयोग गर्न आग्रह गरेकी छन् । उनले आएका सबै सहयोगलाई क्रमश सार्वजनिक गदैै जाने बताएकी छन् । उनले सहयोग गर्न चाहानेले सिधै आफ्नो मोबाइल नम्बर ९८५२०६६८८८ मा सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेकी छन् ।