विराटनगरःनेपाली कांग्रेस प्रदेश १ का सबैसांसदले प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा तलब उपलब्ध गराएका छन् ।
प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभा सचिवालयमार्फत सबै २१ जना सांसदले पन्ध्र दिनको तलब दिने निर्णय भएको जानकारी दिएका छ्न ।
कार्कीले भने,‘‘प्रदेशसभा सचिवालयका सचिवलाई पत्राचार गरी हामी सबै सांसदको आधा महिनाको तलब सरकारको कोषमा दाखिला गरिदिन भनेका छौं ।’’ कार्कीले विपद्को यो बेला सबैको साथ र सहयोग अपरिहार्य भएको बताएका छन् ।
नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले विश्व महामारीबाट गुज्रिरहेको र हाम्रो देश यो महामारीसंग लड्नभन्दा पनि यसबाट सुरक्षित रहन जरुरी रहेको समेत जनाएको छ ।
‘‘स्वास्थ्य सामग्रीका् अभाव, विस्तारै खाद्य सामग्रीको अभावसंग पनि हामी लडिरहेका छौं र लड्नु पर्नेछ । यसबीचमा खासगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिपिईद्वारा सुरक्षा गर्नु र उहाँहरुको मनोबल बढाउनु हाम्रो र सरकारको दायित्व हो’’, प्रमुख सचेक कार्कीले प्रदेशसभा सचिवालयलाई बुधबार लेखेको पत्रमा भनिएको छ,‘‘यस घडीमा प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष स्थापना गरेको र सो खातामा नेपाली कांग्रेसक संसदीय दलका माननीय सदस्हरुको पन्ध्र दिनको तलब जम्मा गरिदिनु हुन अनुरोध छ ।’’