धरानःकोरोनाको बढ्दो संक्रमणलाई रोक्न प्रदेश सरकारले घोषणा गरेको कोरोना जनसुरक्षा कोषका लागि धरानका किशोर अधिकारीले १ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
धरान उपमहानगरपालिकाका इन्जिनियर समेत रहेका अधिकारीले कोषका लागि १ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले बुधबार फेसबुक मार्फत तलब दिने घोषणा गरेका छन् । उनले सहयोग रकमका लागि सम्पर्क गर्न आग्रह गरेका छन् । उनले देशको यस्तो परिस्थितीमा सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि कोष स्थापना गरेको छ । कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ । कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।