इटहरीः कोरोना रोकथामका लागि इटहरी सरकारले जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनका लागि निर्माण गरिएको वेडलाई आवश्यक पर्ने बिभिन्न सामाग्रीहरु उपलब्ध गराउने क्रममा सुनसरी निर्वाचन क्षेत्र २ ख बाट प्रदेशसभाका लागि निर्वाचित प्रदेश सांसद इटहरी निवासी लिलम बस्नेतले ब्ल्याकेट प्रदान गरेका छन् । आज उनले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई ५० थान ब्ल्याकेट प्रदान गरेका हुन् । उपमेयर गौतमका अनुसार जनता क्याम्पसमा क्वारेन्टाइनका लागि वेडहरु व्यवस्थित रुपमा तयार भईसकेका छन् ।

 

90876557_2666137160162067_1573122327250468864_n 90514470_2666137356828714_718434250642161664_n