इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले जनप्रतिनिधिको पाँचदिनको सुविधा विपद व्यवस्थापन कोषमा जम्मा गर्ने

  • चैत्र १२, २०७६
  • १८६ पटक पढिएको
  • भगीरथ भण्डारी
alt

इलामः इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले जनप्रतिनिधिले पाएका सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने जोखिमबाट बच्न पालिकाले कोषमा रकम जम्मा गर्ने भएको हो ।
गाउँ कार्यपालिकाको बैठकले पालिकाका ३३ जना जनप्रतिनिधिले चैत्र महिनामा पाउने सेवा सुविधाबाट पाँच दिनको रकम कोषमा जम्मा गरिने पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । उनले भने,चीनको बुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण हुन सक्ने जोखिमबाट बच्न पालिका बैठक बसी यस्तो निणर्य गरिएको हो ।’ उनले थपे,बैठकमा जम्मा १२ वटा निर्णय गरिएका छन् ।
जसमा खाद्यान्न संकट टार्न पालिकाका ६ वडाका विभिन्न तीन स्थानमा अत्यावश्यकीय वस्तु स्टक समेत गरिनेछ । ती स्थान चतुरे, मनिपुर र मर्चेबुङ्ग रहेका छन् । यी स्थानमा पालिकाबासीका लागि चामल चतुरे र मनिपुरमा ३० केजीका ५०÷५० बोरा, मर्चेबुङ्गमा ३० केजीका ३० बोरा, खानेतेल चतुरे र मनिपुरमा २०÷२० कार्टुन, मर्चेबुङ्गमा १५ कार्टुन र नुन तीनै स्थानमा २÷२ बोरा स्टक गरेर राखिनेछ ।
यसैगरी निःशुल्क वितरणका लागि पाँच÷पाँच हजार माक्स तथा साबुन र सेनिटाईजर र थर्मल गन खरिद गर्ने, पालिकासँग जोडिएको सिमानाकाको पाँच प्रवेशद्धारमा स्वास्थ्य परिक्षण (थर्मल गन र सेनिटाईजर) को व्यवस्था गर्ने, वडा नम्बर ४ मा रहेको जनता आधारभूत विद्यालयको खेलमैदानमा ५० वटा क्वारेनटाइनको व्यवस्था मिलाइने, जनचेतनामूलक कार्यक्रम गर्ने, पालिकामा लाग्ने सप्ताहिक तथा पाक्षिक हाटबजार अर्को सुचना प्रकाशन नहुन्जेलसम्म बन्द गर्ने, चैत्र १० देखि २१ सम्म पालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवालाई ठप्प गर्ने लगायतका निर्यण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

एकै चोटी ६३ जना सहसच ...

इटहरी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुको सरुवा ग ...

इटहरीमा कौशीखेतीमा आ ...

इटहरी : सुनसरीको इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेत ...

बजारमा ग्राहक नआउँदा ...

धरानः चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved