इटहरीः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँबाट मात्र कोरोना भाईरस(कोभिड–१९) को परीक्षण हुँदै आएकोमा अब प्रदेश १ को धरानमा पनि यसको परिक्षण हुने भएको छ । शुक्रराज ट्रपिकलमा मात्र यसको परिक्षण हुँदा जहाजबाट स्वाब परीक्षणका लागि पठाईएपनि लकडाउन पछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परिक्षणको लागि काठमाडौँ लग्नु पर्ने बाध्यता थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकलसहित आवश्यक सामाग्री ल्याएको हो । कोरोना केमिकलको अभाव भएको अबस्थामा १२ सयदेख १५ सय लाई पुग्ने केमिकल ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ल्याईएको केमिकल आजै बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाईएको मन्त्रालयले जनाएको छ ।

90793312_2917849578264866_2688752151244570624_o वी.पी. प्रतिष्ठानका सह प्रवक्ता डाक्टर अशोक ऐरले कोरोना परिक्षणका लागि आवश्यक पर्ने सामाग्री आएको जानकारी पाएलगत्तै प्रतिष्ठानबाट एम्बुलेन्स विराटनगर गएको बताए । तर, के कति सामाग्री आएको हो ? त्यसबारेमा स्टोरबाट जानकारी नआईसकेको उनले जनाए । उनले वी.पी. प्रतिष्ठानमा कोरोनाका आशंका गरिएका त्यती धेरै विरामी नआएको पनि बताए । उनले सचेत हुन जरुरी रहेको बताए । उनले आम नागरिकले सरकारले दिएको निर्देशन पालना गरे संक्रमण फैलन संभावना ज्यादै कम हुने बताए । उनले अब प्रदेश नम्बर एकको कुनै पनि स्थानमा कोरोना संक्रमित फेला परे त्यसको परिक्षण वी.पी. प्रतिष्ठाबाटै हुने र परिक्षणका लागि काठमाण्डौं टेकुमा नमूना पठाउनु पर्ने बाध्यता हटेको जनाए ।