इटहरी: बेला बेला चर्चामा आउने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी विवादित बन्दै फेरी चर्चामा आएका छन् । इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।
भिडियोमा बोलिएको संबाद यस्तो छ ।
पत्रकारः हेल्लो
मेयरः हेल्लो
पत्रकारः सर नमस्ते
मेयरः नमस्ते
पत्रकारः सर म एरिना टेलिभिजनबाट हो
मेयरः क्यारे १
पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर
मेयरः फोन राख मु.......
पत्रकारः सर सन्नुन
मेयरः फोन राख बादरचुत
पत्रकारः हैन हौ सर सन्नुन अनि यो हाम्रो
मेयर फोन राख बादरचुत तेरो बाउलाई फोन गरेको मा।।।।
मेयरः फोन राख बादरचुत
बिभिन्न समयमा कहिले पत्रकारलाई गाली गलौज गर्ने, कहिले पालिकामा काम गर्दै गरेका कर्मचारीलाई जानकारी नदिइ कामबाट निकालिदिने, कहिले डोजर काण्डले चर्चामा आउने मेयर चौधरी देशमा कारोना भाईरसको त्रासले आम जनता आत्तिएको बेला पालिकाको काम उपमेयरलाई जिम्मा दिएर अहिले कहाँ छन्? के गर्छन् ? केही थाहा नभएको स्थानीयबासी बताउँछन् ।  जनतालाई सहयोग गर्ने बेला मेयर चौधरीको यस्तो अभिब्यक्तिले आमजनतामाथि धोका दिएको त हैन ? यस विषयमा सम्बिन्धित ब्यत्ति अथवा मेयर चौधरी जवाफदेयी हुनु आबश्यक छ ।