इटहरीः आफुलाई भ्रष्टाचार विरोधी अभियान्तका रुपमा आनवश्यक रुपमा चर्चा बटुलेका इटहरी उपमहानगरका भाइरल मेयर द्धारिकलाल चौधरीले पुनः संचारकर्मीमाथि गरेको दुव्र्यहारको पत्रकार महासंघ सुनसरीले घोर भत्र्सना गरेको छ ।
कोरोना जस्तो महामारी विश्वभरी फैलिरहेको बेला इटहरीमा त्यसको रोगथामको तयारीका बिषयमा मेयर चौधरीलाई इटहरीबाटै संचालित एरिना टेलिभिजनका संचारकर्मीले फोन गरि जानकारी लिन खोज्दा तथानाम गाली गरेका थिए । समाजलाई पच्न नसक्ने शब्द बोकेका मेयर चौधरीको पटक पटकको प्रेस विरोधी गतिविधि नियन्त्रण गर्न पत्रकार महासंघ सुनसरीले माग गरेको छ । महासंघका अध्यक्ष अम्मर खड्का र सचिव हिमाल दाहालले संयुक्त रुपमा आज प्रेश विज्ञप्ती प्रकाशन गरि सुरक्षित तरिकाले संचारकर्म गर्न माग गरेका छन् ।