इटहरीः नेपाली कांग्रेस इटहरीले आर्थिक अवस्था न्यून भएका परिवारहरुलाई खाद्यन्न प्रदान गर्ने निर्णय गरेको छ । कोरोना कारण लकडाउन भएको समयमा दैनिक कार्यगरि परिवार चलाउने विपन्न परिवारका कुनै पनि सदस्य खान पाउनबाट बञ्चित नहुने भन्ने उद्धेश्यले नेपाली कांग्रेस इटहरी नगर समितिले यस्तो निर्णय गरेको नगर सभापति हेमकर्ण पौडेलले बताए । उनका अनुसार पार्टीले इटहरीका २० वटै वडा वडा सभापतिहरुलाई त्यस्ता परिवारहरुको लगत संकलन गर्न निर्देशन दिईसकिएको छ । नगरका सह सभापति कोविदजंग कार्कीको संयोजकत्वमा ५ सदस्यीय एक समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा सुमित थापा,बिक्रम घिमिरे, देवराज थापा र मिलन त्रिताल रहेका छन् । जिम्मेवारी तोकिएका व्यक्तिहरुलाई समेत सम्पर्क गर्न कांग्रेसले अनुरोध गरेको छ ।