इलामका दश स्थानीय तहमा २ सय ७४ क्षमताको क्वारेन्टाईन व्यवस्था, ८८ जना क्वारेन्टाइनमा

  • चैत्र १३, २०७६
  • १२६ पटक पढिएको
  • भगीरथ भण्डारी
alt

इलामः कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका लागि इलामका १० स्थानीय तहले २ सय ७४ जना क्षमताकमो क्वारेन्टाईन निर्माण गरेका छन । हाल सम्म ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । इलामनगरपालिकामा ६ जना र रोङ गाउँपालिकामा ८२ जना गरी ८८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रशाशकीय अधिकृत सूचना अधिकारी सफल पोर्तेलले बताए । हाल सम्म इलाम अस्पतालले नौ जनालाई कोशि अञ्चल अस्पताल रेफर गरेको छ । अत्यधिक ज्वरो आएका नौ वर्षिय बालक सहित नौ जना रेफर गरिएको डा. प्रभु शाहले बताए । उनले भने अत्यधिक ज्वरो देखिएपछि रेफर गरिएको हो कोरोनानै भनेर होईन ।
इलाम नगरपालिकाले सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा १५ जना क्षमताको क्वारेन्टाइन बनाएको छ । सो अस्पतालमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखेर नियमित फलोअपमा राखिएको पोर्तेलले बताए । कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका वडा नं. ४ का एक युवा इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
देउमाई नगरपालिकाले भानुभक्त माविमा १० वेडको क्वारेन्टाइन बनाएको छ । नगरभित्र हालसम्म बैदेशिक रोजगारीबाट आएका २० जनालाई होम क्वारेन्टाइनमा बसिरहेका छन ।
रोङ गाँउपालिकामा १सय ५० जना क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ । अहिलेसम्म भारत र अन्य मुलुकबाट घर फर्किएका नागरिकहरुको तथ्याङ्क संकलन गरि ६२ जनालाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी रहने गरि सुरक्षित बासको ब्यवस्था गरिएको छ । यसरी सरक्षित निगरानी केन्द्रमा बसेकाहरुको लागि भोजन, बत्ती , पानी , टेलिफोन र इन्टरनेटको ब्यवस्था गाँउपालिकाले मिलाएको र दैनिक २ पटक स्वास्थ्य परिक्षण भइरहेको छ ।
माईजोगमाई गाउँपालिकामा २ स्थानमा १३ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिकाले नयाँबजारको अमरकल्याण माविमा १० बेड र नेपाल ज्योती माविमा ३ बेडको क्वारेन्टाइन बनाइको हो । भारतबाट आएकाहरुलाई होम क्वारेन्टाइनको सल्लाह दिएको भए पनि हाल सम्म कसैलाई क्वारेन्टाइनमा राखिएको छैन ।
माङसेवुङ गाउँपालिकाले जनता आधारभुत विद्यालयमा १० बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य बाटोहरुमा चेकजाँचका साथै दैनिक खाध्य बस्तुहरु स्टकका लागि दमकबाट आयात गरिएको छ ।
चुलाचुली गाउँपालिकाले १ सय ५०जना क्षमताको क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको छ । गाउँपालिकाले कमलको जनता माविमा ७ बेडको स्थापन गरेको छ । बाह्रगोठेको जनता माविमा १५ बेडको स्थापना गर्न छलफल भइरहेको छ । विभिन्न देशबाट आएकाहरुको बारेमा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई लगत संकलन गर्न खटाइएको छ ।
माई नगरपालिकामा ४ जना क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । नगरले स्थानिय गरुवा बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापन गरेको हो । अहिले सम्म कसैलाई क्वारेनटाइनमा नराखिएको पाइएको छ । माइ नगरपालिकामा भारत सहित बैदेशिक रोजगारीबाट आएका १ सय बढिको स्वास्थ्य चेक जाँच गर्दा शंकास्पद लागेको एक जनालाई मेची अञ्चल अस्पताल पठाएको थियो ।
सन्दकपुर गाउँपालिकाले पालिका भित्र रहेको ६ वटा माध्यमिक विद्यालयमा ५० जना क्षमताको क्वारेन्टाइनको तयारी गरिरहेको छ । गाउँपालिकामा कोरोनाका आशंकामा २ जना विराटनगर रेफर भएका छन् । सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको हो ।
जनप्रतिनिधिको एक महिनाको भत्ता कोरानो नियन्त्रणमा
इलामको फाकफोकथुम गाउँपालिकाले जनप्रतिनिधिहरुको एक महिनाको तलव र भत्ता कोरोना नियन्त्रणमा खर्च गर्ने भएको छ । गाँउपालिका उपाध्यक्ष सरस्वती राईका अनुसार जनप्रतिनिधिको तलब र भत्ताबाट सेनिटाइजर, डिटोल, सावुन मास्क लगायतको खरिद गरिनेछ । गाउँपालिकाले प्रत्येक वडामा २ हजारको दरले मास्क वितरण गरेको राईको भनाई छ । गाउँपालिकाले केन्द्र नजिकैको सिंहदेवी माविमा २० शैयाको क्वारेन्टाइन बनाउन थालेको र बैदेशिक रोजगारीबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरि हाल होम क्वारेन्टाइनमा राखिएको राईले बताईन ।

 

प्रतिक्रिया दिनुहोस

कोरोना रोकथाममा अवका ...

काठमाण्डौंः  सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएक ...

थर्मल गनको कालोबजारी ...

इटहरीः विश्वमा कोरोना संक्रमणको महामारी भईरहेको बेला थर्मल गनको कालोबजारी गरीरहेको अवस्थामा प्रहरीले ...

नेपालमा कोरोनाभाइरस ...

इटहरीः विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved