इटहरीः विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले देशभरी नै १८ गतेसम्मका लागि लकडाउन गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एव्म अतिविपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ । बेलबारीका युवा व्यवसायी समाजसेवी माधवराज थापा लगायतको सो कम्पनीले  ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा गरे अनुसार  बेलबारी नगरपालिका वडा नम्बर १, २ र ३ मा  परिवारलाई राहत प्याकेज  राहत वितरण गरिरहेको छ । थापाका अनुसार आजसम्म ४४ घर परिवारलाई राहत सामाग्री वितरण गरिसकिएको छ ।

90189838_522557625322139_4456525621870198784_n
घोषणा गरिए अनुसार बाँकी ६ परिवारलाई पनि सामाग्री वितरण गरिने छ ।  राहत सामाग्रीको प्याकेजमा एक परिवार बराबर २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र एक थान साबुन रहेको कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका थापाले बताए । राहत पाउनेमा २८ घर परिवार मुसहर समुदायका रहेका छन् । बाँकी अन्य जाति समूहका रहेका छन् । राहत पाउनेमा एकल महिला, बृद्धा, अशक्तहरु, सुत्केरी र आफन्त गुमाएको अति गरिब परिवार रहेका छन् । बेलबारी १ नक्सलबारीकी बिष्णु माया खड्कालाई पनि राहत सामाग्री वितरण गरिएको थापाले जनाए । उनि एकल महिला हुन् । बेलबारी जेसिजको खर्चमा  उनका एक छोरालाई पढारहेकाे छ । थापा नै जेसिजको सन २०१७ बेलबारी अध्यक्ष हुँदा जेसिजको अगुवाईमा घर निर्माण गरिएको थियो ।
थापाका अनुसार आवश्यकता अनुसार सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले बेलबारीका अन्य वडाहरुमा पनि विपन्न गरिब परिवारलाई राहत सामाग्री वितरण गर्न सक्ने बताए । पछिल्लो समय बेलबारी नगरपालिकाले पनि बिपन्न परिवारलाई राहत प्याकेट प्रदान गर्ने निर्णय गरेकाले नगरपालिकासंगको सहकार्यमा कम्पनीले राहत वितरण कार्य गर्न सक्ने थापाले बताए । थापाले सरकारले कोरोना भाईरसबाट जनता र देश बचाउनका लागि गरेको लकडाउनको घरमै बसेर पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

 

91275713_209867940276223_8423342628883398656_n