इटहरीः प्रदेश नम्बर १ मा हिजो साँझसम्ममा प्रदेशका बिभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाईन गृहमा कोरोना भाईरसको आशंका गरिएका १ सय ५२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् ।
अस्पतालको क्वारेन्टाईनमा १४ जनाको उपचार भईरहेको छ । होम क्वारेन्टाईनमा ७१ जनालाई राखिएको छ । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा हिजो मात्र लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने ५२ जनालाई नियन्त्रणमा लिईएको थियो । ठुला साना गरी २२७ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर १ मा हिजो साँझ ८ बजेसम्ममा अस्पतालहरुको आइसोलेसनमा १४ जनालई भर्ना गरिएको छ । उनिहरुको बिषेश निगरानीमा आवश्यक उपचार भईरहेको छ । मेची अञ्चल अस्पताल झापामा १ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा ३ जना, वीपी प्रतिष्ठान धरानमा एक चिनिया नागरिक सहित ७ जना, खोटाङ्ग अस्पताल, दिक्तेलमा ३ जनालाई आइसोलेशनमा राखेर उपचार भईरहेको छ ।
त्यसैगरि प्रदेश नम्बर १ को बिभिन्न स्थानमा बनेका क्वारेन्टाईनमा १५२ जनालाई राखिएको छ । जसमा झापामा ५१ जना, मोरगंमा ६१ जना, उयपुरमा २७ जना, इलाममा ६ जना, सुनसरीमा ३ जना, ताप्लेजुङमा ३ जना र तेह्रथुममा १ जना रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायको निगरानीमा होम क्वारेन्टाईनमा रहनेको संख्या ७० जना पुगेको छ । जसमा झापा ५० जना,मोरङ्गमा ५ जना, उदयपुरमा ८ जना,इलाममा १ जना, सुनसरीमा २ जना,ताप्लेजुङमा १ जना,तेह्रथुममा १ जना र पाँचथरमा २ जना छन् । हिजो साँझसम्ममा लकडाउन उल्लंघन गर्ने ५२ जनालाई प्रदेश नम्बर १ का बिभिन्न स्थानबाट नियन्त्रण लिएको प्रहरीले जनाएको छ । त्यसैगरि प्रहरीले हिजो मात्रै १४२ मोटरसाइकलसहित २०५ सवारी नियन्त्रणमा लिएको छ ।