इलामः कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम अस्पतालमा समस्या भएको छ । सरकारले अत्यावश्यकीय स्वास्थ्य उपकरण प्रदेश सरकार मार्फत तत्काल उपलब्ध गराउने भने पनि इलाम अस्पतालमा पीपीइ अभावले समस्या भएको छ ।
प्रदेश सरकारले (पीपीई) छ सेटमात्र पठाएको र त्यसले मात्र अस्पतालमा नपुग्ने भएपछि चेकजाँचमा समेत समस्या रहेको इलाम अस्पतालका प्रशासन शाखाका अधिकृत कुल प्रसाद देवानले बताए । अस्पतालमा ५० जना भन्दा बढी स्वास्थ्यकर्मि छन उनले भने “प्रदेश सरकारले पठाएको छ सेट (पीपीई) ले मात्र नहुने भएपछि इलाम अस्पतालले आन्तरीक रुपमा बनाउन लागेको बताए” । “अस्पतालमा अहिले बिरामीको खासै चाप छैन देवानले भने तर पनि अस्पतालमा आउने बिरामीको चेक जाँचका लागि चिकित्सकलाई स्वास्थ्य उपकरण विना समस्या हुने भएकोले आन्तरीक रुपमा सामान्य उपकरण निर्माण गरेर भएपछि समस्याको हल गर्न लागेका छौ ।”
९५ जनालाई क्वारेन्टाइनमा
इलाममा ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस मध्ये सबैभन्दा बढी रोङगाउँपालिकामा ८२ जना इलाम नगरपालिकामा छ जना र सूर्योदय नगरपालिकामा ७ जना क्वारेन्टाईनमा राखिएको छ भने केही व्यक्ति विशेष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यलय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए । इलाम अस्पतालले ज्वरो, रुघाखोकी र सुक्खा खोकीको लक्षण देखिएका १० जनालाई कोसी अञ्चल अस्पताल रेफर गरेको थियो । इलाम अस्पतालबाट रेफर भएका १० जनाकै रिपोट नेगेटिभ देखिएपछि घर फर्किसकेका छन ।
चिकित्सक अभाव
इलाम अस्पतालमा १५ जना विषेशज्ञको दर्वन्दी छ तर हाल नौजना मात्र छन । त्यसमा पनि २ जना इन्टान्स सिपमा रहेका इलाम अस्पताल प्रशासनका अधिकृत कुलप्रसाद देवानले बताए । विषेशज्ञ मध्येमा दुईजना प्रसुति तथा महिला रोग विषेशज्ञ र एक जना एमडिजिपी कार्यरत छन् । हाल एमडिजिपिमा दुइजना इन्टान्स सिपमा पनि आएका छन । तीन जना मेडिकल अधिकृत, दुई जना डेन्टल कार्यरत छन् । एक जना मेसु छन उनले प्रसुति हेरिरहेका छन । रेडियोलोजिष्ट, अर्थेपेडिक्स, बाल रोग विज्ञ, जेनेरल फिजिसियन लगायतका विज्ञता भएका डाक्डर नहुँदा इलाम अस्पतालमा समस्या आईरहेको छ ।