इटहरीः काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको स्वाबको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको ेवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
वीपी प्रतिष्ठानबाट केही दिनअघि १३ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंको टेकु स्थित प्रयोगशालामा पठाइएको थियो । जसमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट सुक्रवार आएको प्रतिष्ठानमा सह प्रवक्ता डाक्टर अशोक ऐरले बताए ।
ऐरका अनुसार १३ जना भन्दा अगाडि पनि ३ जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । तिनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आइसकेको थियो । रिपोर्ट नेगेटिभ आएपनि ती व्यक्तिहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने ऐरले बताए ।
यता इटहरी उपमहानगरपालिकाले सुक्रबारसम्म ६३ वेडको क्वारेन्टाइन तयार पारेको छ । इटहरीको एक मात्र सरकारी क्याम्पस जनता बहुुमुखी क्याम्पसलाई क्वारेन्टाइन बनाउने काम पूरा भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् । वेड निर्माणमा इटहरीका बिभिन्न समाजिक संघ संस्थाले सक्दो सहयोग गरेको उनले जनाइन । बाँकी कामका लागि पनि ती संस्थाहरुसंग निरन्तर सहकार्यमा रहने उनको भनाई छ ।
उपप्रमुख गौतमका अनुसार निजी स्वास्थ्य संस्था र व्यवसायीको पहलमा मेडिकल वेडको व्यवस्था गरिएको हो । सरकारले तय गरेको मापदण्ड अनुरुप बनिरहेको उक्त क्वारेन्टाइन निर्माण सम्पन्न भएपछि नेपाली सेनालाई हस्ताण्तरण गरिनेछ । आवश्यक सम्पुुर्ण सामाग्री व्यवस्थापनको काम स्थानीय सरकारले गर्छ भने सेनाको निगरानीमा स्वास्थ्यकर्मीको टोली रहन्छ । नगरक्षेत्र भित्रका कोही व्यक्ति कोराना संक्रमणको आशंका लागेमा चिकित्सकको निगरानीमा उक्त क्वोन्टाइन्मा १४ दिनसम्म बस्नुुपर्ने गौतमले बताइन् ।