इटहरीः कोरोना भाईरसको आशंकामा प्रदेश १ का बिभिन्न अस्पतालले परिक्षणका लागि टेकु पठाएका मध्ये ८ जनाको स्वाबमा नतिजा नेगेटिभ आएकोे छ । ती अस्पतालका आइसोलेसनमा राखिएका विरामीहरुको स्वाब परिक्षणका लागि टेकु पठाइएको थियो । गरि प्रदेश १ का विभिन्न अस्पतालको आइसोलेसनमा रहेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत शंकास्पद २५ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएकोमा २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ ।
परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ भने १५ जनाको आइसोलेसनमै उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल गाईघाटवाट १, कोशी अस्पताल विराटनगरबाट ६, र मेची अस्पताल भद्रपुरबाट २ गरि २५ जनाको नमूना संकलन गरी टेकुमा परीक्षणको लागि पठाइएको थियो । उनीहरुमध्ये २० जनाको नतिजा नेगेटिभ आएको र ५ जनाको नतिजा आउने क्रममा रहेको उनले बताए ।
प्रदेश १ मा कोरोनाको जोखिममा रहेका शंकास्पद व्यक्तिहरुलाई राख्न १०९ स्थानमा १८४८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा अहिले २८७ पुरुष र ४१ महिला गरी ३२८ जनालाई राखिएको छ । यस्तै २२ महिला र ५६ पुरुष गरी ७८ जनालाई होम क्वारेन्टाइनमा बस्नेगरी पठाएको छ । प्रदेशमा २८७ पुरुष र ८२ महिला गरी ३६९ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
प्रदेशका ३९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न २५६ बेडको आइसोलेसन तयार गरिएको छ । प्रदेश सरकारले थप ८ सय बेड आइसोलेशन बनाउन विभिन्न ६ अस्पताललाई निर्देशन दिएको छ । निर्देशन अनुसार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना ४ वटा बिभाग खाली गराएर थप वेड निर्माण थालिसकेको छ । प्रदेश १ का धेरै वेड क्षमता भएका दुई ठूला सुविधा सम्पन्न नीजि क्षेत्रका अस्पताल झापको विएण्डबी र विराटनगरको नोबेलले आफ्नो अस्पताल कोरोना संक्रमण उपचारका लागि सरकारलाई दिने घोषणा गरिसकेका छन् । प्रदेश सरकारले ती अस्पतालसंग सहकार्य गरे भने जति वेड निर्माण हुने छ ।