अहिले कोरोना संन्त्रासले सन्सार ठूलो समस्यामा छ । ठुला शक्ति रास्ट्रहरुले समेत यसको उचित ब्यबस्थापन गर्न सकेनन् तिनका तुलनामा हामी नेपाली र हाम्रो क्षमता कमजोर छ । खुल्ला सिमाका कारण , बैदेसिक रोजगारीमा आवत जावत गर्नु पर्ने बाध्यताका कारण हामी झन ठूलो जोखिममा छौ । 

आफ््नो क्षमता अनुसार संघीय सरकारले समयमै सचेत गरायो । त्यही निर्णयलाई मान्दै इटहरी उपमहानगरपालिका कार्यपालिका बैठकले नै सचेतना मुलक कार्यक्रम संचालन गर्न बजेट सहित कार्यक्रम पास गर्यो ।
पहिलो चरणमा सरोकारवालाहरु संग बैठक परामर्श गरि सबै वार्डमा कोरोना सचेतना तथा नियन्त्रण समन्वय समिती गठन गरियो । सबै लगभग १०० जना स्वास्थकर्मीहरुलाई तालिम र वडा वडामा जिम्मेवारी तोकियो । वडामा सचेतना कार्यक्रम गरियो ।
महिला स्वास्थ स्वयम् सेबिकाहरुलाइ तालिम र समुदायमा परिचालन गरियो । माक्स बितरण, साबुन पानीले हात धुने र यसबाट जोगिने उपाय बारे समुदायमा सचेतना रेडियो एफ एमहरुबाट गरियो ।
सार्बजनिक स्थानमा साबुन पानी ब्यबस्थापनमा सरोकारवालाहरु लाई अपिल गरियो । मानिस धेरै भेला हुने स्थान हाट बजार बन्द गरियो । सचेतना मुलक माइकिङ गरियो ।
अर्को चरणमा यसै बीचमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका पुर्बी पृतनापति,शसस्त्र प्रहरी बलका प्रदेसका डिआइजि,नेपाल प्रहरीका जिल्ला प्रहरी प्रमुख र इटहरी इलाका प्रमुखसंग एकाआपसमा निरन्तर समन्वय र सहकार्य भएको छ ।

लकडाउन भएपछी आम नागरिक लाई घरबाहिर ननिस्कन पुनःमाइकिङ गरिएको छ । कार्यपालिकाको आकस्मिक बैठक बसि हटिया बन्द गर्ने देखि २०० बेड को क्वारेन्टाइन बनाउने स्थान पहिचान र निर्माण गर्ने निर्णय भएबमोजिम आजसम्म मा ६३ बेड क्वारेन्टाइन तयार भएको छ क्रमश अरु थप गर्ने छौ । अहिले १०० बेड पुर्याउने कोसिसमा छौ ।
यो समयमा मेयरसाब काठमान्डौ जानुभएकोले पदिय हिसाबले सबै काम को सम्योजन गर्नु एउटा उपप्रमुखको दायित्व र कर्तब्य ठानेर मैले दिन को १६ घन्टा काम गरिरहेकी छु । मेयरसाब पनि फर्कनु भएको छ ।
जनप्रतिनिधि भएपछीका सजिला अफ्ठ्यारा सबैकाममा लाग्ने गरेकै छु । आफ््नो जीवन कालकै र जनप्रतिनिधि भएपछीको सबै भन्दा ठूलो चुनौती अगाडि आएको महसुस समेत गरेकी छु । यद्दपि कामको मैदानमा सकेसम्म डटिरहेकी छु । डटिरहने छु ।
सबै भन्दा सुन्दरगहना कुनै पुर्बाग्रह नराखी यहाँका राजनितिक दल संघसस्था ,नागरिक समाज, उधोग बाणिज्य संघ,लगायत सरोकार वालाहरु जस्तोसुकै बिपतमा पनि सहकार्य गर्ने, दलिय स्वार्थ भन्दा माथी उठेर बिपतमा जुट्ने र सहयोग जुटाउने उद्दार गर्ने ,दुःख बाड्ने, मानबिय सेवामा लाग्ने गरेको मैले पाएको छु । जुन कुराले हामी जनप्रतिनिधिहरुलाइ काममा थप हौसला र प्रेरणा मिल्ने गरेको छ ।
म पनि यहि प्रेरणाका बिचमा आफ््नो कर्तव्य पूरा गर्दैछु । मैले महसुस पनि गरिरहेको छु । १६ घन्टा काम गरिरहदा मलाई इटहरीबासिले कति माया गर्नु हुन्छ भन्ने अनुभूति पनि गरेकै छु । हजुरहरुले मेडम आफू सुरक्षित हुनुहोस् है भनिरहनु भएको छ । तपाईंहरुको माया र बिश्वास हुन्जेल मलाइ केही हुन्न ढुक्क हुन अनुरोध छ ।
म काममा सधै इमान्दारिता र सक्रियता पुर्बक लागिरहने मान्छे हँु । म जुङाको लडाइ गर्दिन, गर्ने साथिहरुलाई मैदान खाली होला । त्यतापट्टि सोच्न मलाई फुर्सद पनि छैन । र मैले बुझे फुर्सद हुनेवाला पनि छैन ।
म कामबाटै इटहरीबासीको मनमा रहन्छु यो नै मेरो मुल मन्त्र हो । मिडिया देखि आम नागरिकको तहबाट मलाइ राम्रो काम गर्नु भयो भन्ने गरेको पाएकी छु । मेरो कर्तव्य भएकोले गरेकी हु , गरिरह्न्छु पनि । एक्लै गरेकी होइन माथिल्ला सरकारका निर्देशन र कार्यपालिकाको निर्णय बमोजिम सबै काम भएको हो । यक्तिगत होइन नगरपालिका कै नाममा भएको छ,मेयरसाबको अनुपस्थितीमा अगुवाइ मात्र मैले गरेको हुँ ।
हजुरहरुले उपमेयरले राम्रो गर्नु भयो भनेर नभनी दिन अनुरोध छ । यसबाट केही साथिभाइलाई टाउको दुखेको हो कि भन्ने अनुभूति भएको छ, यतिबेला । टाउको दु्ख्नु त के फुटाए पनि म कामको मैदानमै रहन्छु । मेरो इटहरिबासीको जनप्रतिनिधिको कर्तव्य पूरा गर्ने मात्र उदेश्य हो । अन्यथा केही छैन । आफ््नो प्रतिस्पर्धा आफै संग हुन्छ आफ््नै काम संग हुन्छ भन्ने मेरो बुझाइ हो । यो काममा हजुरहरुको सहयोगले बेड देखि आबस्यक सामाग्री प्राप्त भएको छ । सबै सहयोगी हातहरुलाइ हार्दिक धन्य्बाद छ । नपाको खासै खर्च भएको छैन र कुनै अनियमितता पनि भएको छैन । बाँकी अब हुने थप काममा पनि इमान्दारीता र पारदर्शिता विधि सम्बत हुनुपर्दछ भन्ने मान्यता राख्द्छु । म भ्रष्टाचार गर्दिन र रोक्न कोसिस गरिरहन्छु । पुर्ण रुपमा रोक्न सक्ने र कारबाही गर्ने अधिकार उप प्रमुख लाई हुदैन । मेरो निगरानी निरन्तर रहन्छ । हजुरहरुको मतलाई म जानीबुझि बेइमानी गर्दिन । सकेसम्म हजुरहरुले औला ठड्याउने काम गर्दिन । यो संकटको बेलामा राजनितिक महत्वाकांक्षाबाट कुनै हालतमा प्रेरित हुन हुन्न भन्ने आग्रह गर्दछु । मुलुक रहे समाज रहे हामी रहे सबै सम्भावना रहन्छन । तिक्तता अन्त्य गरौ । मानव जीवनकै सबै भन्दा जटिल र गम्भीर अबस्थामा छौ,हामी । सम्पुर्ण मानव जाती एक भइ यो जटिलताबाट आफू पनि बचौ अरुलाइ नि बचाऔ । सरकारले घोषणा गरेको कष्टपुर्ण लकडाउनमा सहयोग गर्नुहुने सम्पुर्ण आदरणीय इटहरीबासीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पुनः पालनाका लागि अनुरोध गर्दछु ।

                                                                          लेखक इटहरी उपमहानगरपालिकाकी उपमेयर हुन् । यो सामाग्री उनको फेसबुकबाट लिइएको हो ।