इटहरीः मध्य बजार क्षेत्रमा शौचालय नभएको उपमहानगर भनेर आलोचित इटहरीको सार्वजनिक शौचालय यो वर्ष पनि नबन्ने निश्चित भएको छ । आइतबार अपराह्न तीन बजे भएको पत्रकार सम्मेलनमा बोल्दै मेयर द्वारिकलाल चौधरीले यस्तो बताएका हुन् ।

पत्रकारको किन सार्वजनिक शौचालय बन्न सकेन भन्ने प्रश्नमा मेयर चौधरीले लामो प्रक्रिया, जग्गा अभाव र घुम्ती शौचालयको फेलियरका कारणले बन्न नसकेको बताए । सार्वजनिक शौचालय खोज्न एक कार्यदल बनाएर काम गर्ने बताएका मेयरले तत्काल बन्ने बारेमा भने केही सङ्केत दिएनन् । उनले भने, ‘अहिले हामीले ठाउँ पनि हेरेका छौँ । त्यो बारेमा अहिले भनिनँ ।’

अघिल्लो साल निर्वाचित भएर आएपछिको पहिलो निर्णय नै सार्वजनिक शौचालय बनाउने निर्णय थियो । त्यो किन कार्यान्वयन भएन ? भन्ने प्रश्नमा लाचार भएर मेयर चौधरीले लम्बेतान व्याख्या गरे । उनको व्याख्या यस्तो थियोः

‘यो घुम्ती सार्वजनिक शौचालयका बारेमा म थोरै मात्रै भन्छु । हामीले जुन पार्टीबाट चुनाव जितेर आयौँ । चुनाव जितेर आएपछि पहिलो कार्यपालिका बैठकबाट सार्वजनिक शौचालय बनाउने निर्णय गरेका पनि थियौँ ।

पछि हामीले धेरै प्राविधिकहरूसँग सल्लाहरू गर्दा धेरै घुम्ती शौचालयहरू फेलियर भएको पनि पायौँ । इटहरीको पनि अहिले थन्किइरहेको छ । त्यहाँबाट सर्भिस दिँदा दीर्घकालीन हुन्छ हुँदैन भनेर हामीले छलफल पनि गर्यौँ ।

ट्याक्टरमा गर्ने हो कि, ट्याङ्करमा गर्ने हो कि ? सर्भिस बारेमा केही सुविधाहरू लिने हो कि ? त्यो बारेमा नगरपालिका कत्तिको सक्षम छ त्यो पनि होला । यो विषयमा पिपिपि मोडेलमा पनि गर्न सकिन्छ कि ?

हामीले धेरै छलफल गर्दा के पायौँ भने अस्थायी भन्दा पर्मानेन्ट शौचालय नै उपयुक्त हुन्छ । शौचालय बनाउन पनि त जग्गा चाहियो नि । जग्गा प्राप्त गर्न पनि प्रक्रिया हुन्छ । या त हामीले लिजमा लिनुप¥यो । या त हामीले अधिग्रहण गर्नुप¥यो । त्यसको प्रक्रिया छ ।

जग्गा अधिग्रहण गर्दा पनि मुआब्जा क्षतिपूर्ति दिनुपर्यो । कि त हामीले सार्वजनिक जग्गा खोजी गर्नुप¥यो । जग्गा प्राप्ति कठिन र जटिल हुने हुनाले हामीले निर्णय गरे पनि बनाउन सकेनौँ । अहिले कार्यदल नै बनेको छ ।

हामी योयो प्रयोजनको लागि योयो लेकेसनमा जग्गा चाहिएको हुनाले लिजमा दिन चाहने व्यक्ति सङ्घसंस्थाले यति दिनमा आवेदन दिनुहुन आग्रह गर्छौँ भन्ने छौँ । अहिले हामीले ठाउँ पनि हेरेका छौँ । त्यो बारेमा भनिनँ । यो वर्ष सार्वजनिक शौचालय पर्मानेन्ट नै थालनी हुन्छ । जग्गाहरू हेरिँदैछ ।’