इटहरीः वीपी कोइराला स्वास्थ्य विज्ञान धरानले बिभिन्न समयमा कोरोना भाईरस संक्रमण भए नभएको परिक्षाणका लागि टेकु पठाएको १६ जनाको रिर्पोट नेगेटिभ ( कोरोना संक्रमण नभएको) आएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डाक्टर अशोक ऐरका अनुसार हिजो १२ जनाको र आज थप ४ जनाको रिर्पोटमा कोरोना भाईरसको संक्रमण नभएको रिर्पोट आएको हो । उनका अनुसार आज थप ३ जनाको स्वाब परिक्षणका लागि टेकु पठाइएको छ ।
सुक्रबारबाटै वीपी प्रतिष्ठानमा कोरोना संक्रमण भए नभएको परिक्षण गर्ने तयारी गरेपनि आवश्यक केही सामाग्रीहरु काठमाण्डौंबाट अझै नआएकाले शुरु गर्न नसकिएको सहप्रवक्ता डा.ऐरले बताए । उनका अनुसार प्रतिष्ठानमा आइसोलेसनका थप वेडहरुको निर्माणका लागि योजना बनिरहेको छ ।