इटहरीः कोरोना भाइरसको संक्रमित आशंका गरिएका विरामीहरुको स्वाब लिन काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन् ।
‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने ।

उनका अनुसार घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान त्यसतर्फ गईसकेको छ । १ बजे नेपालगञ्ज गएको ट्वीनअर्टर जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँने ज्वार्चनले बताए । दुर्घटनमा परेको सो जाहाज प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।